विमल कार्कीलाई भुइँकटहर चिन्ह

समाधान संवाददाता २०७९ वैशाख १७ गते २०:३१

पोखरा ।

Advertisement

नेपाली कांग्रेसका नेता तथा पोखरा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार विमलबहादुर कार्कीले भुइँकटहर चुनाव चिन्ह पाएका छन् । शनिबार बिहान भने उनलाई निर्वाचन अधिकृतको कार्यालयले लाल्टिन चिन्ह दिएको थियो । दिउँसो उनको चिन्ह फेरिएको हो । अब चुनावका लागि भुइँकटहर नै उनको चिन्ह हुनेछ ।

पोखराको मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने कार्कीको भनाइ थियो । तर कांग्रेसले अरु पार्टीसँग गठबन्धन गरी नेकपा समाजवादीबाट पोखराको मेयर उम्मेदवार बनाएको छ । त्यसैमा कार्कीको असन्तुष्टि हो ।

Advertisement

तपाईको प्रतिक्रिया