राप्रपा तेस्रो पार्टी बन्छः गुरुङ

पोखरा l
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आगामी चुनावमा पार्टी नेपालकै तेस्रो ठूलो पार्टी हुने दाबी गरेका छन् । पछिल्लो समय नेतृत्व परिवर्तन भएसँगै युवाको आकर्षण राप्रपाप्रति बढेको उनको दाबी छ ।
‘पछिल्लो समयको तथ्यांकले यो देखाउँछ कि, हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति धेरै जनताको आशा धेरै बढेको छ । र, पार्टीमा पछिल्लो समय देखिएको आकर्षणले पनि यो कुरालाई पुष्छि गर्छ,’ पोखरामा आयोजित राप्रपाको स्थानीय तह निर्वाचनका उम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष गुरुङले भने, ‘हामी धर्मयुद्धमा छौँ । र, यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जित हुन्छ ।’
पछिल्लो समय देशव्यापी रुपमा राप्रपा र राप्रपाले उठाएका मुद्दाको विषयमा सकारात्मक बहसस चल्ने क्रम बढेको उनले बताए । गुरुङले राप्रपाका उम्मेदवारलाई चुनाव जित्नका लागि अन्य दलका उम्मेदवारलाई गालीगलौज नगर्न पनि सुझाव दिए । ‘हामीले हाम्रा एजेन्डाले जनताको मन जित्ने हो । र, चुनाव पनि त्यहि जनमतले जिताउने हो । हामी धार्मिक पार्टी हौँ र हामीले कसैलाई गाली गरेर आफूलाई चोख्याउने काम गर्नु हुँदैन ।’
कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर केसी, राप्रपा नेता जयलाल पुन, जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतले बोलेका थिए । राप्रपाले आसन्न निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उठाएको छ । सोही कार्यक्रममा ४४ जना राप्रपामा प्रवेश गरेको जनाइएको छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया