चाउथेमा गार्डेन मार्ट

समाधान संवाददाता २०७९ वैशाख १८ गते १०:२७

पोखरा l
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा शनिबारदेखि सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोर उद्घाटन गरे ।

Advertisement

भक्तपुरमा मुख्य कार्यालय रहेको यस सहकारीले देशको ३९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । प्रजापतिले १७ औंबाट १७ सय वटा शाखा खोल्ने लक्ष्य पूरा होस् भन्दै शुभकामना दिए । युवालाई स्वदेश मैं रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले खुसी व्यक्त गरे ।

शिव शिखरका अध्यक्ष सुशील बानियाँले पाँच वर्ष भित्रमा ५ सय डिपार्टमेन्टल स्टोर्स देशभरी खोल्ने र युवालाई प्रमुख प्राथमिकताका साथ रोजगारी दिने उद्घोष गरे । उनले भने, ‘अहिले पनि यस सहकारीले सात सयभन्दा बढी युवायुवतीलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेको छ भने सर्वसाधारण जनतालाई सुपथ र सुलभ तरिकाले दैनिक आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।’

कार्यक्रममा कास्की जिल्लाकैं सबैभन्दा ज्येष्ठ १ सय १२ वर्षकी गौरी आचार्यलाई सम्मान गरिएको थियो । १९६६ चैत महिनामा कास्कीको धितालमा जन्मिएकी गौरीलाई शिखर अर्गनाईजेसनका उपाध्यक्ष गीता शर्मा र प्रजापतिले सम्मान गरे ।

Advertisement

तपाईको प्रतिक्रिया