पोखरा १५ मा एमालेको र्याली

पोखरा l
नेकपा एमाले वडा नं –१५ ले शनिबार र्याली निकालेको छ । बिहान ९ बजे कोलपाटनबाट सुरु भएको र्यालीमामा उम्मेदवारसहित कार्यकर्ता तथा समर्थक सहभागी थिए ।
एमाले पोखरा १५ का इन्चार्ज प्रकाश पौडेलले समग्र देश तथा वडाको विकास र परिवर्तन नेकपा एमालेका उम्मेद्वारबाट मात्र सम्भव रहेको बताए । वडाबासीले नेकपा एमालेलाई निर्वाचित गराएपछि ५ वर्षमा थुप्रै विकास निर्माणका काम भएको बताए । उनले भने, ‘तस्बिर आफैं बोल्छ, हामीले भनिरहनु पर्दैन, धेरै काम गरेका छौं ।’
वडाध्यक्ष पदका प्रत्यासी तोरणबहादुर बानियाँले प्रचण्ड घाममा समर्थकको उत्साहजनक सहभागिता देख्दा हौसला थपिएको बताए । उनले स्वच्छ छवि, मन वचन र इमान्दारीका साथ आफ्नो वडालाई राम्रो बनाउने अभियानमा लाग्न अनुरोध गरे।
एमाले पोखरा १५ का अध्यक्ष खेमबहादुर थापाले ०५४ सालदेखि वडामा नेकपा एमालेले जित हासिल गर्दै आएको र यो यसपालि पनि कायम रहने उल्लेख गरे ।







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया