लुम्बिनी बैंकको प्रभातफेरी

समाधान संवाददाता २०७९ वैशाख १८ गते १२:२६

पोखरा l
लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणमा वित्तीय पहुँचको विस्तार गर्नपोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ । बैंकले विभिन्न वित्तीय साक्षरता सम्बन्धित जनचेतनामूलक गतिविधि गर्दै आएको छ ।

बैंकको पोखरामा अवस्थित न्यूरोड शाखाबाट सुरु भएको प्रभातफेरी चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुनः न्यूरोड शाखामा आएर समापन भयो । प्रभातफेरीमा बैंकको पोखरा शाखा तथा बैंकको केन्द्रीय कार्यालयबाट समेत कर्मचारीको सहभागिता थियो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले सबैको पहुँचमा बैंक पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले गाउँमा हैन, सहरमा पनि बैंकको पहुँच बाहिर मानिस रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले सर्वसाधारणमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया