पोखरा ३३ का अधुरा काम गर्न फेरि आएँ – अध्यक्षका उम्मेदवार आचार्य

पोखरा ।
पोखरा नेकपा (एमाले )को तर्फबाट पोखरा महानगरपालिका वडा न ३३ का अध्यक्ष पदका प्रत्यासी उम्मेदवार शिव प्रसाद आचार्यले आफ्नो अघिल्लो कार्यकालका अधुरा योजना पूरा गर्न फेरि उम्मेदवार बनेर जनताको घर दैलोमा आएको बताएका छन । उनले समृद्ध वडाको अभिभारा पूरा गर्न आफू थप एक कार्यककाल काम गर्न चाहेको र थप केही नयाँ योजना सहित आएको उल्लेख गरे ।
उनले आफ्नो पार्टिको अर्जुन दृष्टि समृद्ध वडा बनाउमा केन्द्रित भएको भन्दै सो को लागि अबको ५ बर्षमा पुर्ण भौतिक पूर्बाधार सहित्को बिकासको योजना प्रस्तुत समेत गरे।
उनले स्वरोजार युबा,कृषिमा आधुनिकिकरण र व्यावसायिकता,स्वाबलम्बी महिला र पिछडिएका समुदायको उत्थानका कार्यक्रम ,थप प्राबिधिक शिक्षा सहित उच्च शिक्षित वडा ,प्रत्येक टोलमा पूर्ण आइ टि टोल बाटिका ,वडामा सुबिधा सम्पन्न अस्पताल र सहज स्वास्थ सेवा प्राप्त गर्ने एम्बुलेन्सको सन्चालन, ब्यस्बस्थित पर्यटन बिकास सहित महानगरको उत्कृष्ट पर्यटकिय गन्तव्य निर्माणका काम पूरा गरिने प्रतिबद्धता व्यक्त गरे। आचार्यले सो कुरा वडाका जिब्रेढुङा ,सुर्ताने, वर पान्डेथुम ,बनपाले , भर्तिपोखरा लगाएतका स्थानहरुमा घर दैलोका क्रममा बताएका हुन्।
जामुनाबोट निबासी १०३ बर्सिय अग्रज अभिभावक लिलावती केसीसँग आशीर्वाद ग्रहण गरी शुरु गरिएको घर दैलो निरन्तर जारी रहने र सोमबार चौवादी ,बर्छा ,कुर्लिङ लगायतका स्थानमा भेट्घाट कार्यक्रम हुने एमाले ३३ का अध्यक्ष दिपकराज लामिछानेले बताए। सो अवसरमा उम्मेदवारहरु महिला सदस्य पदका शान्ति पाध्या ,दलित महिला सदस्य पदका लिलादेबी नेपाली ,सदस्य पदका विनोद भण्डारी र शंकर बहादुर अधिकारी सहित टोल कमिटी तथा वडा कमिटी सहित स्थानियहरुको उल्लेख्य सहभागिता थियो।
तपाईको प्रतिक्रिया