एमालेमय बन्दै लोमान्थाङ

समाधान संवाददाता २०७९ वैशाख १८ गते १८:५२

यही बैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचन उम्मेदवारी मनोनयनपत्र दर्ता,दावी विरोध ,नाम फिर्ता,उम्मेदवारको सुचि प्रकाशन लगायतको काम सकिन नपाउँदै उपल्लो मुस्ताङको लोमान्थाङमा नेकपा एमालेले चुनावी माहोललाई उत्कर्षमा पू¥याएको छ । नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउन एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्ट दुई सातादेखि निरन्तर पार्टीको संगठन बिस्तारको काममा खटिएका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रसले बाजी मारेको लोमान्थाङमा यसपटक भने एमालले अध्यक्ष र उपाध्यक्षसहित ५ वटै वडाहरु आफ्नो पोल्टोमा पार्ने गरी जुटेको छ ।यसका लागि उपल्लो मुस्ताङमा दिनहु मतदाताको घर घरमा पुगेर एमालेका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरु मत माग्न थालेका छन् । थालेका छन् । लोमान्थाङबाट एमालेका तर्फबाट लोमान्थाङ ३ ठिङ्गुरका यूवा हस्ती टसी नर्बु गुरुङ र लोमान्थाङकी एमाले नेतृ छ्युमी गुरुङ उपाध्यक्ष पदको रेशमा भाग लिएकी छिन् । यसपटक कांग्रेसलाई उपल्लो मुस्ताङबाट सफाया गर्ने गरी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको अध्यक्ष पदका उम्मेदवार टसी नर्बु गुरुङले जानकारी दिए ।उम्मेदवार गुरुङले भने,‘संघीयको पहिलो कार्यकालमा हामी केही कमजोर थियौं,दोश्रो कार्यकालको निर्वाचनसम्म आईपुग्दा एमाले अब्बल पार्टी भईसकेको छ ।’
यस्तै, उपाध्यक्ष छिमी गुरुङले यसपटकको महासंग्राममा एमालेले पुरै सेट कब्जा गर्ने दावी गरिन् ।‘अहिले एमालेमा दिनुह दर्जनौ ब्यक्ति विभिन्न पार्टी त्यागेर एमालेमा प्रवेश गरिरहेका छन् ,उनले भनीन्,’यसपटक हाम्रो उपस्थिती बलियो छ ,यसबाट बिपक्ष प्रतिस्पर्धी पार्टी अत्तालिएका छन् ।’
एमाले अध्यक्ष र उपाध्यक्ष गुरुङ र बिष्टले आफुहरु निर्वाचित हुँने बिक्तिकै लोमान्थाङलाई समृद्ध गाउँपालिको रुपमा विकास गर्न अहोरात्र जुट्ने बताए । लोमान्थाङ विश्व सम्पदा सुचिमा परेको पालिका भएको र यहाँका पुरातात्विक सम्पदा,कला संस्कृति र सामाजिक सम्भयतालाई पर्यटनको माध्यमबाट जोड्ने उल्लेख गरे । उनीहरुले उपल्लो मुस्ताङमा स्वास्थ्य र शिक्षाका केही पछि परेकाले यहाँको शैक्षिक संस्थालाई बृहत बनाउनुको साथै सुविधा सम्पन्न अस्पताल स्थापना गर्न पहल गर्ने जनाए । ‘उपल्लो मुस्ताङ खनिज,जैविक विविधता,पशुपालन ,कृषि पर्यटन र पर्वतीय खेलकुदको प्रचुर संम्भावना छ,उनीहरुले भने,‘ यसको विकास गर्दै लोमान्थाङ नमूना पालिका बनाउन कुनै कसुर बाँकी राखिने छैन ।’

तपाईको प्रतिक्रिया