मादीमा माओवादीका वडा कमिटी अध्यक्ष एमाले प्रवेश

समाधान संवाददाता २०७९ वैशाख १८ गते १९:२८

Advertisement

पोखरा ।

कास्कीको मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् । मादी ८, का माओवादी वडा कमिटी अध्यक्ष होमबहादुर गुरुङ आइतबार एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमालेबाट मादी गाउँपालिका रहेका शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत नेताले स्वागत गरेका थिए ।

वडा कमिटी अध्यक्ष गुरुङसँगै मादीमा अन्य पार्टीमा सक्रिय १५ जना कार्यकर्ता एमाले प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए ।

Advertisement

नेपाली कांग्रेस छोडेर गुञ्जमान गुरुङ, नन्दलाल अधिकारी, कोपिला विक, दलबहादुर रिमाल, अृमत भुजेल, नमलाल अधिकारी, अमृत भुजेल, सन्जिव शाही, मिनबहादुर विक र माओवादी केन्द्रका सन्तोष शाहीलगायत एमाले प्रवेश गरेका हन् ।

तपाईको प्रतिक्रिया