दीपक पाैडेलकाे घर पुगे ईश्वर पोखरेल

पोखरा ।
पार्टीले टिकट दिएर पनि मनोनयनका दिन टिकट खोसिएका नेकपा एमालेका नेता दीपक पौडेललाई भेट्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आइतबार उनकै घर पुरञ्चौर पगेका छन् ।
पौडेललाई फकाउन पोखरेल पौडेल निवास गएका हुन् ।
अघिल्लो दिन टिकट दिएर अर्को दिन खोसिएपछि पौडेल घरबाट बाहिर निस्केका छैनन् । अपमान भएको भन्दै स्थानीय एमाले कार्यकर्ताले नै पौडेललाई घरबाहिर ननिस्कन सुझाएका थिए ।
पोखरेलले पौडेल र स्थानीय बासिन्दालाई समेत भेटेका छन् । भेटमा स्थानीय नेता र पौडेलले आफूलाई पार्टीले अन्याय र अपमान गरेको पोखरेलसँग गुनासो पोखेको एमाले स्रोतले बताएको छ । उपाध्यक्ष पोखरेल र पौडेलबीच झण्डै २ घण्टा गोप्य कुराकानी भएको छ । त्यो बीचमा पौडेलले आफ्ना गुनासा नेता पोखरेलसमक्ष राखेका थिए ।
पौडेलसँग समाधानले कुराकानी गर्न खोज्दा उनले भेटघाटमा भएको विषय बताउन चाहेनन् । परिवारका सदस्यले पनि पौडेलले आफ्नो सबै जीवन पार्टीलाई दिएको तर पार्टीले अपमान गरेको गुनासो पोखरेलसँग गरेका थिए ।
पौडेलको घरबाहिर जम्मा भएका स्थानीयसँग पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब २० मिनेट संवाद गरेका थिए । आक्रोशित स्थानीयलाई सम्झाउँदै पोखरेलले पौडेलको योगदानलाई पार्टीले सम्मान गर्ने आश्वासन दिएका छन् । उनले पौडेललाई चाडै अनुभूति हुने गरी न्याय गरिने प्रतिवद्धता गरेका छन् । पोखरेलले पोखरा महानगर पालिकामा एमालेलाई विजयी गराउन पनि पुरन्चौरबासीसँग आग्रहसमेत गरे ।
स्रोतका अनसार भेटमा असुन्तष्ट नेता पौडेलले पोखरामा एमालेले निर्वाचन जित्ने कुरामा शंका नगर्न उपाध्यक्ष पोखरेललाई आश्वस्त पारेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया