अन्नपूर्ण १ मा चुनाव प्रचारप्रसार कार्यालय स्थापना ।

समाधान संवाददाता २०७९ वैशाख १९ गते ९:२८

पाेखरा ।

स्थानीय तहको चुनावका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थितनागडाडामा नेपाली कांग्रेसको चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापनाभएको छ ।


आईतवार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका तर्फबाटअन्नपूर्ण गाउँपालिकाका लागिअध्यक्ष पदका प्रत्याशीउम्मेद्वार एवं नेपाली काँग्रेस कास्कीका उपसभापतिसमेत रहेका युवराज कुँवरले सम्पर्क कार्यालयको उद्घााटन गरेका छन् ।

Advertisement


सम्पर्क कार्यालय उद्घाटन गर्दै पालिकाका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेद्वार कुँवरले आफूहरुलाई पुनःजिताउनमतदाता समक्ष अपील गरेका छन । अन्नपूर्ण गाउँपालिकामा पाँच बर्षको अवधिमा हाम्रो टिमले धेरै काम सम्पन्न गरेको बताउदै केही कामहरू अझै अधुरो अवस्थामा रहेका छन, ती कामहरू पूरा गर्नकालागिअझै एक कार्यकाल चाहिँने हुँदा मलाई पाटीले पुनःटिकटदिएको हो,’ उनले भने ।


‘आगामी कार्यकालका लागि खाका तयार गर्नुपर्ने अवस्था छैन, मसँग अनुभव पनिभएको हुनाले हामीले अघि बढाएका कामलाई पूरा गर्नुछ त्यसलाई पूरा गर्नका लागिएकपटक फेरि दोहोरिएरआएको उनले बताए । अन्नपूर्ण गाउँपालिकाको समृद्ध बनाउका लागि विकासका योजनाहरु आफूसंँग रहेको भन्दै जनताकोबीचमागरिएकाबाचालाई कहिल्यैनभुल्ने प्रतिबद्दता पनि व्यक्त गरे ।

Advertisement



तपाईको प्रतिक्रिया