पोखरा स्पोट्र्स अवार्डलाई सहयोग

समाधान संवाददाता २०७९ वैशाख १९ गते ११:४५

पोखरा l
पोखरेली मञ्च युकेले आउँदो असारको पहिलो साता पोखरामा आयोजना हुने छटौं संस्करणको पोखरा स्पोट्र्स अवार्डमा सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने उक्त अवार्डलाई मञ्चको तर्फबाट यस वर्ष पनि सहयोग गर्ने मञ्चका सल्लाहकार महेश गुरुङले बताए ।

Advertisement

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले प्रस्तावमा केही न केही सहयोग गर्ने मञ्चका अध्यक्ष गुरुङले आश्वासन दिए । मञ्चका नवनिर्वाचित अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यस वर्ष छोटो समयमै गर्नुपर्ने भएकाले स्वदेशी तथा विदेशी विभिन्न संघ, संस्थाको सहयोग आवश्यक भएको बताए ।

मञ्चले आयोजना गर्ने उक्त अवार्डबाट लाइभ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट पत्रकार लगायतका बिधामा अवार्ड वितरण गर्दै आएको छ । कार्यक्रम गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया