मुस्ताङको ५ वटै पालिकामा नेपाली कांग्रेसको घरदैलो सुरु

समाधान संवाददाता २०७९ वैशाख १९ गते १२:१२
मुस्ताङको घरपझोङ गाउँपालिका ३ मा नेपाली कांग्रेसको घरदैलो अभियान । तस्विर ःविकल शेरचन ।

जोमसोम—

स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा नेपाली कांग्रेस मुस्ताङले जिल्लाको ५ वटै स्थानीय तहमा घरदैलो अभियानलाई तिब्रता दिएको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ देखि तल्लोक्षेत्रको थासाङ गाउँपालिका सम्मका ५ वटै तहमा आईतबारदेखि एकैसाथ घरदैलो अभियान सुरु भईसकेको नेपाली कांग्रेसका जिल्ला सचिव विकल शेरचनले जानकारी दिए ।
नेपाली कांग्रेसले आईतबार मुस्ताङको घरपझोङ गाउपालिकाको पुथाङ एयरपोर्टदेखि जोमसोम बजारक्षेत्रमा बृहत घरदैलो अभियान संम्पन्न गरेको पार्टी सचिव शेरचनले बताए ।उनका अनुसार जिल्लाको थासाङ ,घरपझोङ,लोघेकर र लामोन्थाङ गाउपालिकाका विभिन्न वडाहरुमा नेपाली कांग्रेस,माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीसहितको संयुक्त घरदैलो अभियान भएको उनले उल्लेख गरे ।
नेपाली कांग्रेस मुस्ताङले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रिय निर्वाचन घोषणा पत्र तथा जिल्ला तहमा कांग्रेसले गर्ने योजनासहितको प्रतिवद्धता पत्र लिएर जनताको घरदैलोमा पुगेको पार्टी सचिव शेरचनको भनाई छ । संम्वन्धित पालिकाका उम्मेदवारसहित नेता र कार्यकर्ताहरु समूहगत रुपमा चुनावी प्रसार प्रसारमा होमिएको कांग्रेसका पार्टी सचिव शेरचनले बताए । स्थानीय तह निर्वाचन २०७४ मा ३ अध्यक्ष र २ उपाध्यक्ष जितेको कांग्रेसले यसपटक संयुक्त गठबन्धन भएकाले ५ वटै स्थानीय तह कब्जा गर्ने कांग्रेस जिल्ला सचिव शेरचनको भनाई छ । ‘यसैपनि कांगे्रस हिजो पनि बलियो पार्टी थियो,अहिले त हामी झनै मजबुत भईसकेका छौं ,उनले भने,‘ स्थानीय तहमा कांगे्रसको उपस्थितले मात्र जिल्लाको समग्र विकास सम्भव छ,जनता कांग्रसप्रति विश्वश्त भईसकेका छन् ।’
नेपाली काग्रेसले मुस्ताङको ५ स्थानीय तह मध्ये ४ तहमा अध्यक्ष र ५ तहमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।कांग्रेसले सत्ता गठबन्धनबाट लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा एकिकृत समाजवादी पार्टीका उम्मेदवार देव बहादुर गुरुङलाई समर्थन गरेको छ । मुस्ताङको ५ स्थानीय तहको १३५ पद मध्ये कांग्रेसले गठबन्धन दल एकिकृत समाजवादीलाई १ अध्यक्ष र १ वडासदस्य गरी २ पद र माओवादी केन्द्रलाई २ वडासदस्य पद मात्र दिएको छ । मुस्ताङमा कांगे्रसका ३ वडाध्यक्षसहित ४ वडासदस्य पद निर्विरोध भईसकेको छ । माओवादी र एकिकृत समाजवादी पार्टीबाट समान १—१ जना निर्विरोध भईसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया