संगम सहकारीमा मोबाइल बैंकिङ

समाधान संवाददाता २०७९ वैशाख १९ गते १२:५२

पोखरा l
रामबजार, पोखरामा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्षको सुरुवातसँगै मोबाइल बैकिङ सेवा सञ्चालन गरेको छ । तेस्रो त्रैमासिक समीक्षा बैठकको अवसरमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष निरज थापा र फिन्याक सफ्टवेयर कम्पनीका तर्फबाट पोखरा कार्यालयका प्रबन्धक सन्तोष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरी मोबाइल बैंकिङ सेवा सुरुआत गरे ।

प्रबन्धक गौतमले बैंकमा जस्तै मोबाइल बैंकिङ अन्तर्गत पर्ने सबै सुबिधा अब संगम सहकारीले पनि दिन सक्ने बताए । अब यस सहकारीका सदस्यले घरमै बसिबसी बिजुली, पानी र टेलीफोनको पैसा तिर्न, मोबाइल रिचार्ज गर्न, सहकारी र बैंकका किस्ता तिर्न, आफन्तलाई रकम पठाउन, बस तथा जहाजको टिकट काट्ने लगायतका काम गर्न सक्नेछन् ।

संस्थाका अध्यक्ष निरज थापाले सबै विकृति, विसंगतिलाई ०७८ सालसँगै बिसर्जन गरी भ्रमणको सिलसिलामा नयाँ वर्षको पहिलो दिन स्याङ्जा, पाल्पा र गुल्मीको संगम स्थल पबित्र रुरु क्षेत्र धाम रिडीमा गंगाजल स्नान गरी सुरु गरिएको संगम सहकारीको अबको यात्रा नयाँ जोस र जाँगरका साथमा अघि बढ्ने जनाए । कार्यालय प्रमुख बृहस्पति अधिकारीले सहकारीका आर्थिक गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष नवराज तिवारी र सचिव धनराज पुरीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया