वैशाख २५ मा काँग्रेसको चुनावी आमसभा

समाधान संवाददाता २०७९ वैशाख १९ गते १३:५७

पोखरा ।

Advertisement

नेपाली काँग्रेस कास्कीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै वैशाख २५ गते विशाल चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै आमसभाको विषयमा जानकारी दिएको हो ।

विशाल चुनावी आमसभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए । ‘यो चुनावी आमसभामा कास्की जिल्लाभरका नेता, कार्यकर्ता र मतदाताहरुको सहभागिता हुनेछ । केन्द्रस्तरबाटै नेतृत्वमा रहेका नेताहरु आएर सम्बोधन गरेपश्चात कास्की जिल्लामा काँग्रेसको गज्जबको माहौल सृजना हुने हामीले अपेक्षा गरेका छौँ ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘हाम्रा उम्मेदवारहरुलाई जिताउनका लागि यो चुनावी आमसभाले महत्वपूर्ण भुमिका खेल्नेछ ।’

Advertisement

पोखराको अमरसिंहचोकको चौरमा विहान ११ बजेदेखि चुनावी आमसभा शुरु हुने नेपाली काँग्रेस कास्कीले जनाएको छ । साथै नेपाली काँग्रेसले सम्पूर्ण ईकाई तथा वडामा रहेका आफ्ना संयन्त्रहरुलाई आफ्ना उम्मेदवारहरुलाई वडास्तरमा कुनैपनि चुनावी कार्यक्रम नगराई सो आमसभामा सहभागी हुन निर्देशन समेत दिएको छ ।

तपाईको प्रतिक्रिया