पोखरा ६ बैदाममा गठबन्धनको घरदैलो

पोखरा ।
चुनाबी सरगर्मी बढेसगै पोखरा महानगर पालिका वडा नं ६मा पनि गठबन्धनका उम्मेदबारहरु चुनाबी अभियानको क्रममा टोल टोलमा पुगि घरदैलो अभियानलाई निरन्तरता दिन थालेका छन । “जेठको पहिलो हप्तामा गठबन्धनको सरकार सत्तामा” भन्ने नारा सहित वडामा गठबन्धनका उम्मेदबारहरुले घरदैलो सहित मतदाताहरुको घरमा पुगि आर्शिबाद सहित मत मागेका थिए ।
वडामा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्याशि जगतबहादुर पहारी, खुलासदस्य नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आर्चाय , खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी एकिकृतका समाजवादीका तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली कांग्रेस तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली कांग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदान रहेका छन ।
वडामा गठबन्धनका तर्फबाट अध्यक्षका प्रत्याशि जगतबहादुर पहारीले पाँच दलियको निति तथा कार्यक्रमहरु अरुको भन्दा उत्कृष्ट रहेकाले आफुहरुको जित सुनिश्चित रहेको बताए । वडामा रहेका अधुरा र अपुरा कामहरुलाई गठबन्धनका उम्मेदबारहरुले पुरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मतदाताहरुले आफ्नो टोलमा खानेपानि र ढल निकाशको व्यवस्था गर्ने र जिर्ण बनेका सडकहरुलाई मर्मतको काम अघि बढाउन उम्मेदबारहरुलाई आग्रह गरेका थिए ।
घरदैलो अभियानको आज पहिलो दिन बसन्त बैठक, जरेबर र बुलौदी हुदै नहर मार्गमा रहेका मतदाताहरुको घरघरमा गइ मतदाताहरु सँग आफ्ना प्रतिबद्धता सहित मत मागेको सचिब प्रकाश न्यौपानेले बताएका छन ।
तपाईको प्रतिक्रिया