सवारी दुर्घटना परी बाबुछोरीको मृत्यु

पोखरा ।
सवारी दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ । आइतबार पर्वतको कुश्माबाट पोखरा फर्किँदै गर्दा विपरीत दिशाबाट आएको कारले ढिकुरपोखरीको लेवाडेमा मोटरसाइकललाई ठक्कर थियो ।
बुबा जीतबहादुर पुन र छोरी सुजिना तिलिजा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुबा ४५ वर्षीय जीतबहादुरको पोखराको मेट्रोसिटी अस्पतामा सुजिनालाई चिकित्सकले मृत घोषित गरेको थियो । जीतबहादुरको उपचार हुँदाहुँदै सोमबार बिहान निधन भएकाे उनका आफ्न्तले बताए । अहिले सुजिनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
स्थानीयका अनुसार कारले घुम्तीमा अर्को बसलाई ओभरटेक गर्दै हुइँकिदा कारले मोटरसाइकललाई ठक्कर हो । कार चालक चालक पर्वतस्थित जलजला गाउँपालिका खनियाँघाटका एन्जल बम मल्ललाई फरार रहेको प्रहरीले जनाएको छ । साेमबार पाेखरा गैह्रापाटनथित जिल्ला प्रहरी कार्यालय कास्कीसमेत घेराउ गरेका थिए । चालकले मापसे गरेको स्थानीयले बताएका छन् । घटनापछि चालक फरार छन् ।
सोमबार सडक अवरुद्ध गरिरहेका स्थानीयहरुले चालकलाई पक्रिएर कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने बताए ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया