राजनिति

कसैलाई सपार्न र बिगार्न होईन,जित्नको लागि उठेकी हुँ : लालचन ( तस्विरसहित )

‘ खेलको मैदानमा आएपछि हार्छु कस्ले भन्छ,जित्ने भनेर उठ्ने हो नी । खेलमा हारजीत जे जस्तो परिणाम आएपनि आफु त्यसमा कुनै दुःख महशुस हुने छैन

समाधान संवाददाता २०७९ वैशाख १९ गते २१:०१
राप्रपाको तर्फबाट मुस्ताङ घरपझोङ गापाको उपाध्यक्ष पदकी उम्मेदवार कमला लालचन अधिकारी

जोमसोम—

हिमाली जिल्ला मुस्ताङमा बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट घरपझोङ २ मार्फाकी कमला लालचन अधिकारीले घरपझोङ गाउँपालिको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् ।नेकपा एमाले र नेपाली कांगेसले जिल्लाको ५ वटै तहमा अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवारी दर्ता गर्दा राप्रपाले भने घरपझोङको उपाध्यक्ष पदमा उनलाई अघि बढाएको हो ।
मुस्ताङमा राष्ट्रिय मान्यताप्राप्त ६ दल मध्ये माओवादी केन्द्र र एकिकृत समाजवादीको उपस्थिती न्यून छ । यस्तै ,राप्रपाको पनि जिल्लामा सांगठनिक अवस्था कमजोर छ । जिल्लामा नेकपा एमाले र कांग्रेसको मुख्य प्रतिस्पर्धा हुँने भएपनि राप्रपाले महिला उम्मेदवार कमला लालचन अधिकारीलाई उपाध्यक्ष पदमा उभ्याएको छ ।
राप्रपाको तर्फबाट घरपझोङको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी कमला लालचन अधिकारी २०४६ को जनआन्दोलनपछि नेपाली कांग्रेसमा आवद्ध भएकी थिईन् ।उनी नेपाली कांग्रेसमा रहेर जिल्लाको सांगठनिक भूमिका निभाउन योगदान दिएकी थिईन् ।पछिल्लो समय उनी नेपाली कांग्रसको घरपझोङ पालिका कमिटी कोषाध्यक्ष पदमा थिईन् ।नेपाली कांग्रेसमा रहेर आफुले लामोसमयदेखि योगदान दिदै आएकाले पार्टीले केही महत्वपूर्ण जिम्मेवारी देला भन्ने उनको मनमा थियो ।
तर,उनलाई बैशाख ३० गते हुने स्थानीय तहमा पार्टीले कुनै भूमिका दिन नसक्दा उनलाई पार्टी प्रति गरेको त्याग र बलिदानको कदर नभएको महशुस गरिन् ।उनी स्थानीय तह निर्वाचन २०७४ मा पार्टीले कुनै पदमा उभ्याउन नसकेपनि यसपटक भने स्थानीयतहको भूमिकामा पार्टीले सोच्ला भन्ने थियो ।
यसपटक पनि स्थानीय तहमा जनप्रतिनिधि बनेर सेवा गर्ने अवसर उनका लागि त्यसै तुहिएर जाने संकेत देखिन् ।कांग्रेसबाट उनले अपेक्षा गरेको स्थानमा नयाँ पार्टी प्रवेशीलाई उम्मेदवार बनाईदिएपछि लालचनको मनमा बितृष्णा जाग्यो ।पार्टीमा नयाँ र अवसर खोज्नेहरुको लागि मात्र ठाउँ भएको र योगदान गर्ने कार्यकर्ताको कुनै मूल्य नभएको भन्दै बैशाख ११ गते कांग्रेस त्यागेर राप्रपा पार्टीमा प्रवेश गरेकी थिईन् । उनले राष्ट्रिया प्रजात्नत्र समाजवाद नेपाली कांंग्रेसको आदर्श मूल्य र मान्यता भएनीपनि पार्टी भित्रको इमान्दार कर्तव्यनिष्ठ कार्यकर्तालाई अवमूल्यन गरिएको भन्दै कांग्रेस पार्टी त्याग्न परेको पार्टी प्रवेश कार्यक्रममा बताएकी थिईन् । उनले नेपाली कांग्रेसमा रहेर ३० वर्ष काम गरेकी थिईन् । उनको विज्ञप्तीमा कांगे्रसमा ब्यक्तिवाद,नातावाद,कृपावाद र निष्ठाको राजनिति हराउदै जान थालेको उल्लेख गरेकी थिईन् । मुस्ताङ जिल्ला अस्पतालको अध्यक्ष समेत रहेकी राप्रपाकी एक्ली उपाध्यक्ष पदकी उम्मेदवार लालचन भोङमोर साना किसान सहकारी संस्थाको अध्यक्ष पनि हुन् ।
कांगे्रस छोडेर राप्रपा प्रवेश गर्नुभयो, उम्मेदवार पनि बन्नुभयो, निर्वाचन जित्न सक्नुहुन्छ त भनी सोधिएको प्रश्नमा लालचन भन्छिन्‘ खेल मैदानमा आएपछि हार्छु कस्ले भन्छ,जित्ने भनेर उठ्ने हो नी । खेलमा हारजीत जे जस्तो परिणाम आएपनि आफु त्यसमा कुनै दुःख महशुस हुने छैन । मेरो उपस्थितीले बरु राप्रपालाई बलियो र मजबुत बनाएर लैजान सहयोग पुग्छ ।’ उनले राजनिति कहिल्यै स्थिर नहुँने ढिलो चाँडो राप्रपा नेपालको प्रमुख शक्ति बन्ने दावी गरिन् ।
‘म राप्रपाको आधिकारिक उपाध्यक्ष पदको उम्मेवार बनेकी हुँ र पार्टीले मलाई उपाध्यक्ष पदमा उम्मेदवार बन्न आग्रह गरेकाले आफु त्यस पदमा प्रतिस्पर्धा गर्न खोजिकी हुँ,उनले भनीन ।’ मेरो उम्मेदवारी कसैलाई सपार्न र बिर्गान निर्वाचनमा होमिएकी होईन , म आफ्नै स्वविवेक र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न त्यो पदमा उठेको बताईन् ।

Advertisement

तपाईको प्रतिक्रिया