‘आचारसंहिता नमान्नेलाई कारवाही गर’

समाधान संवाददाता २०७९ वैशाख २० गते १०:४८

पोखरा l
निर्वाचनमा आचारसंहिता कार्यान्यवनबारे सोमबार कास्कीमा सर्वदलीय तथा सर्वपक्षीय छलफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको भेलामा निर्वाचन सम्पन्न गराउन खटिएका सरकारी कर्मचारी, निर्वाचन कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, वडा तहका उम्मेदवार, स्वतन्त्र उम्मेदवार र पत्रकार उपस्थित थिए । भेलामा पत्रकार गौरब त्रिपाठीले निर्वाचन कार्यालयले आरसंहिता तोड्नेलाई कारबाही गर्न नसकेको आरोप लगाए । ‘निर्वाचन कार्यालयको आचरसंहिता हेर्दा राम्रो लाग्यो । राजनीतिक दलले आचासंहिता पालना गरेका छन् त ? आचासंहिता विपरीत काम गर्ने कतिलाई करबाही भयो,’ त्रिपाठीले प्रश्न गरे ।

Advertisement

भेलाका धेरैले निर्वाचन आचरसंहिताको पालना नभएको दाबी गरे । प्रदेशका धेरै ठाउँका अनुगमन गर्दा कतै पनि निर्वाचन आचासंहिताको पूर्ण पालना नभएको देखिएको नागरिक समाजको सञ्जाल पोखरा संयोजक विना सिलवालले बताइन् । उनले निर्वाचन कार्यालयले आचरसंहिता तोडेको देख्दादेख्दै पनि अनदेखा गरेको टिप्पणी गरिन् । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले सार्वजनिक स्थानमा सरकारका मन्त्री तथा शिक्षक चुनाव प्रचारप्रसारमा संलग्न हुनु गम्भीर विषय भएको बताए । कार्यक्रममा उपस्थित नेता, कार्यकर्ताले ननिर्वाचन आचसंहिता विपरीत टिर्सट, टोपी लगाएका थिए ।

चर्काे ध्वनि प्रदूषण र सार्वजनिक स्थलमा अनुमतिबिनै सभा हुँदासमेत आयोग मूकदर्शक बनेको सहभागीको टिप्पणी थियो ।
सहभागीका गुनासा सुनेपछि नियम विपरीत हुँदा आयोगमा उजुरी दिन मुख्य निर्वाचन अधिकृत कृष्ण भट्टराइले आग्रह गरे ।
निर्वाचनमा कुनै कमजोरी भएको भए सुधार गर्दै लैजाने एमालेबाट पोखराको मेयरका उम्मेदवार कृष्ण थापाले प्रतिबद्धता जनाए । गठबन्धनबाट पोखराका मेयरका उम्मेदवार धनराज आचार्यले आचारसंहिता बमोजिम नै प्रचारप्रचार गरिरहेको उल्लेख गरे ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख होमनाथ पराजुलीले बाहिर उल्लंघनका कुरा सुनिए पनि आयोगमा उजुरी दिनेको संख्या निकै कम रहेको बताए । ‘निर्वाचन कार्यालयमा उजुरी दिनुस्, कारबाहीअघि बढाउँछौं,’ पराजुलीले भने । आचरसंहिता विपरीत काम गरे १ लाख जरिवना, ३ वर्ष कैद वा उम्मेदवारी नै रद्द हुन सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया