पोखरामा बसेर योजना बनाउनेले मादी बिगारे: देवी जंग गुरुङ

मादी ।
‘बाहिरबाट आउछन् । के गर्न आएका हुन् । डोजर चलाउछन्, हामी यहाँ बस्नेलाई थाहै छैन,’ मादी ७ थाकका बुद्धिबहादुर गुरुङले आक्रोश पोखे । जनतालाई थाहै नदिइ योजना थालेकोमा उनको आक्रोश थियो ।
चुनावी घरदैलो गर्दै आफ्नो गाउँ घर पुगेका गठबन्धनका उम्मेदवारसँग थियो यो आक्रोश । गाउँमै बस्ने नागरिक छोडेर बाहिर बस्ने नागरिकलाई उपभोक्ता समिति बनाएर योजना ल्याइएको भन्दै उनले आक्रोश पोखे ।
गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसबाट मादी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका देवी जंग गुरुङले पोखरा बसेर योजना बनाउने जनप्रतिनिधिले गर्दा यस्तो अवस्था आएको बताए । त्यसैको विरोधका लागि आफ्नो उम्मेदवारी आएको उनले सुनाए । ञत्यसैको विरुद्धमा लहाम्रो उम्मेदवारी हो । हामीले जिते मादीले जित्छ । हामी तपाईंहरुलाई सोधेर मात्रै योजना बनाउँछौ,झ उनले भने ।
उपाध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका लाल बहादुर गुरुङले मादीबासिको पीडा समेट्न गठबन्धनलाई जितान आग्रह गरे । विवेक प्रयोग गरेर भोट हाल्न उनले अनुरोध गरे ।









लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया