पोखरा १२ मा कांग्रेसको घरदैलो कार्यक्रम अन्तिम चरणमा

पोखरा ।
स्थानिय तहको निर्बाचनको मिती नजिकिदै गर्दा उमेद्धारहरुले घरदैलो अभियान लाई तिब्र पारेका छन् । नेपाली कांग्रेस पोखरा १२ का उमेद्धारहरुले घरदैलो अभियान लाइ अन्तिम चरण दिएका छन् । घरदैलो अभियान अन्तरगत आज सम्म ९० प्रतिशत मतदाताको घरमा पुगेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक कृष्ण कोइरालाले जानकारी दिए ।
घरदैलो कार्यक्रममा मतदाताहरूलाई पोखरा १२का वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने र वडामा अहिलेको भन्दा अझ उत्कृष्ट कामहरू गरेर पोखराकै नमुना वडा बनाउने आफ्नो चाहना रहेको बताए ।
पोखरा १२ को पुरानो धारादेखी सितलदेवी माटेपानी हुदै गुम्बाफेदी लगाएतका ठाँउमा गरिएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसी कांग्रेस महाधिवेशन प्रतिनिधिहरू बिमल बसेल, डम्मरजंग गुरूङ कांग्रेस क्षेत्र न १ ख का सभापति कृष्ण कोईरला लगाएत वडा सदस्यका उम्मेदवारहरू शान्ता बहादुर थापा,गोविन्द प्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवि परियारले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि कांग्रेस उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।







लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया