गठबन्धनको उद्घोषः पोखरामा १ समूह, १ उत्पादन

समाधान संवाददाता २०७९ वैशाख २० गते १५:०९

पोखरा l
पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना गठबन्धनले बनाएको छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे । आचार्यले गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत लगानीका लागि महानगर बैंक ग्यारेन्टी ऋणको व्यवस्था गरिने जनाए ।

Advertisement

गठबन्धनमा कांग्रेसको तर्फबाट उपमेयर उम्मेद्वार कोपिला रानाभाटले टोल टोलका आमा समूहहरु उत्पादनमा जोडिए चाँडै पोखरा आत्मनिर्भर बन्ने बताइन् । उनले पोखरेलीलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा समेत सघाउने उल्लेख गरिन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी गठबन्धनका उम्मद्वारहरु घरदैलोमा छन् । पोखरालाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन सोही अनुरुपमा संरचना र विकासको खाकासहित गठबन्धनका उम्मेदवारले मत मागिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया