दुई दिन सार्वजनिक बिदामा विभेद भएको भन्दै स्वास्थ्यकर्मीको आपत्ति
समाधान संवाददाता
२०७९ वैशाख २० गते १६:४०
पोखरा l
हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय विभेदकारी भएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी गुनासो गरेको छ । संघले निर्णय विभेदकारी भएको भन्दै सोमबार प्रेस विज्ञप्ती निकाल्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
बिदाका दिनहरुमा समेत बहिरंग सेवा सञ्चालन, आलोपालो ड्युटी सञ्चालन गर्ने भन्ने निर्णयले स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीहरुलाई विभेदीकरण भएको संघको भनाइ छ । यस्ता निर्णयले स्वास्थ्यकर्मीको मनोबल खस्किने भन्दै निर्णय सच्याउन संघले माग गरेको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया