माछापुच्छ्रेका एमाले उम्मेदवारको वाचा, ‘बाँकी रहेका पूर्वाधारका काम पूरा गर्छौं’

माछापुच्छ्रे ।
माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विक्रम गुरुङले मतदातासँग गाउँपालिकामा प्रकृयामा रहेका र बाँकी रहेका विकासका पूर्वाधार पूरा गर्ने वाचा गरेका छन् ।
उनले अहिलेका जनप्रतिनिधिबाट हुने प्रक्रियामा रहेका र बाँकी रहेका काम जसरी पनि पूरा गर्ने दृढ संकल्प गरे । गुरुङले थपे, ‘जनप्रतिनिधिहरु जनताको सेवक हो, म अध्यक्ष भएपछिको ५ वर्ष जनताको सेवा गरेर बिताउँछु ।’ उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने अठोट गरे ।
आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नं १ र ३ का बासिन्दाको प्रत्यक्ष भेटमा आफूले गरेका वाचा जसरी पनि पूरा गर्ने विश्वास व्यक्त गरे । जसका लागि सूर्य चुनाव चिन्हमा मतदान गर्न उनको अनुरोध छ । उनले वडा नम्वर ३ मा ठुलो संख्यामा रहेका उत्पीडित समुदायको हक हितका लागि काम गर्ने बताए । उपाध्यक्ष पदका उम्मेदवार सीता तिवारी अधिकारीले आफ्नो अनुभव र ज्ञानको प्रयोग गरी काम गर्ने बताइन् । कार्यक्रममा प्रदेश कमिटी सदस्य नरबहादुर गुरुङले पार्टीले शैक्षिक एवं प्रागिक व्यक्तिलाई उम्मेदवारी दिएको हुँदा एमालेको जित सुनिश्चित भएको बताएका छन् ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा कास्की क्षेत्र न ३ का संयोजक कर्णबहादुर गुरुङ र प्रदेश सदस्यद्वय लालबहादुर परियार र सुर्यप्रसाद लम्सालले पार्टीले लिएको निति अनुसार जनप्रतिनिधिले काम गर्ने हुनाले सुर्य चिन्नमा भोट दिन गाउँबासी मतदाताहरुलाई अनुरोध गरे ।
घरदैलो कार्यक्रम अन्तरगत विभिन्न ठाउँमा भएको कोणसभा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पुष्पा केसी भण्डारीको प्रमुख अतिथ्यतामा भएको कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख ऋषि गौतमले दिएको जानकारी दिएका छन् ।
उनका अनुसार चुनावी अभियान अन्तरगत बुधबार वडा नम्वर ५ रिभानमा घरदैलो कार्यक्रम छ ।









१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया