समावेशी रुपा बनाउने कांग्रेसको वाचा

समाधान संवाददाता २०७९ वैशाख २१ गते १०:४८

पोखरा ।

थुम्कीको दलित बस्तीमा पुगेर भएको कार्यक्रममा आफ्नो पक्षमा मत मागेको नेपाली कांग्रेसको टोलीले त्यहाँका मतदाताका समस्या र गुनासा पनि सुने । थुम्कीका दलित बस्तीका मतदाताले समुदाय केन्द्रित काम गर्न सुझाव दिए । महिला प्रमुखबाट आफूहरुलाई अलिक बढी आशा भएको उनीहरुले बताए ।

उम्मेदवार गुरुङले आफ्नो सपना नै समावेशी गाउँपालिका भएको बताईन् । ‘गाउँपालिकालाई विभेदरहित र समावेशी बनाउने मेरो सपना हो । दलित समुदायलाई चुनावका लागि मात्र प्रयोग गर्ने नभई समावेशी रुपमा आरक्षण दिएर सँगसँगै हिँड्ने वातावरण बनाउनकै लागि मेरो उम्मेदवारी हो,’ गिमायाले भनिन्, ‘म आफैँ पनि महिलाको प्रतिनिधित्व गरेर यहाँसम्म आएकी हुँ । त्यसैले समावेशिताको सवालमा मबाट कुनै धोका हुने छैन ।’

Advertisement

मंगलबारै नेपाली कांग्रेसका उम्मेदवारहरुले रुपा गाउँपालिकाकै वडा नम्बर ५ खडागाऊँ, रामदी, मज्र्याङ्कोट लगायतका स्थानमा मतदातालाई घरघरै पुगेर भेटेका छन् । उनीहरुले आफ्नो पक्षमा मत मागेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया