गनेसको वर्णमाला सार्वजनिक

पोखरा ।
पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेद्वार गनेस पौडेलको गनेस पौडेलको वर्णमाला सार्वजनिक भएको छ । पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो ।
उम्मेद्वार पौडेलको वर्णमालामा कार्ययोजना पत्रमा समावेश क देखि ज्ञ सम्म मुख्य योजनाहरु राखिएको छ । महानगरिय मोबाइल एप सञ्चालनदेखि सार्वजनिक सम्पत्तिको अतिक्रमण निर्वाचित भएको २ महिना भित्र छानबिन र कारबाहीको प्रतिक्रया अघि बढाउने, महानगरलाई बुटिक सहरको अवधारणा अनुसार सहरी सौन्दर्यका योजना अघि बढाउने लगायतका योजना रहेका छन् ।
आफूलाई अटेरी भन्न रुचाउने यो समुहको पोखरा महानगर प्रमुख सहित १० वडाध्यक्ष र ६ वडासदस्य गरि १७ पदका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । हाल अटेरी अभियान चुनावी घरदैलोमा टोल टोलमा पुगी रहेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताए । वडा नम्बर ३, ७, ८ र ९ नम्बर वडामा अटेरीले चुनावी गरदैलो पनि सम्पन्न गरि सकेको छ ।










फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया