पोखरा १४ मा अटेरीबाट सुजन कार्की
समाधान संवाददाता
२०७९ वैशाख २१ गते ११:२६

पोखरा ।
अटेरी अभियानबाट पोखरा १४ का वडाध्यक्षमा सुजन कार्कीको उम्मेदवारी छ । भ्रष्टाचारीलाई ढाडमा बजाउने र कमजोरलाई हातमा थमाउने भन्दै कार्कीले लौरो चुनाव चिन्हसहित आफ्नो चुनावी अभियान चलाएका छन् । अटेरी अभियानबाट पोखराको मेयरमा गनेस पौडेलको उम्मेदवारी छ । पौडेलले स्थानीय तहको निर्वाचन दलीय हुन नहुने भन्दै अभियान चलाएका छन् ।
पुराना दलहरुबाट पार नलागेको हुँदा आफूहरु पोखराको नेतृत्वमा जान चाहेको र पोखरालाई बुटिक सहर बनाउने उनले बताएका छन् । समाधान दैनिकको २० गते प्रकाशित पोखराका वडाध्यक्ष उम्मेदवारको अन्तिम नामावलीमा अटेरीबाट पोखराका १४ का उम्मेदवार सुजन कार्कीको नाम छुट्न गएकोमा क्षमा याचनासहित सच्च्याएका छौं ।

सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया