मुस्ताङमा नमूना मतदान :तस्विरसहित

समाधान संवाददाता २०७९ वैशाख २१ गते १२:११

जोमसोम,

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ को लागि हिमाली जिल्ला मुस्ताङमा नमूना मतदान अभ्यास गराएको छ ।जिल्ला निर्वाचन कार्यालय मुस्ताङले घरपझोङ गाउँपालिका जोमसोम स्थित कभर्ड हलको कम्पाउण्डमा मतदातालाई नमूना मतदान अभ्यास गराईएको हो ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्लाका माननीय न्यायधिस रोमाकान्त ज्ञवाली,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको उपस्थितीमा जिल्ला निर्वाचन कार्यालयले बैशाख ३० गते हुँने निर्वाचन सहजताका लागि नमूना मतदान अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए । नमूना मतदान अभ्यासमा मतदाताले आफ्नो मताधिकार सुरक्षित र सावधानी तरिकाले उपयोग गर्न सकुन् भन्ने उद्देश्यले मतदानका सम्पूर्ण क्रियाकलापको बारेमा स्थानीय मतदातालाई जानकारी गराईएको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताए ।‘ मतदाताको मताधिकारको प्रयोग सही रुपमा होस,बदर मतको सख्या कम होस, र स्थानीय तह निर्वाचनको सूचना सन्देश संम्प्रषणका लागि नमूना मतदान गराईएको हो ,जिल्ला निर्वाचन अधिकारीले भने,‘यस प्रकारको नमूना मतदानको क्रियाकलापले मतदातामा सकारात्क सन्देश प्रवाह गर्र्ने हाम्रो विश्वाश छ ।’
नमूना मतदान प्रक्रियामा मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवाली,जिल्ला निर्वाचन अधिकारी मदन अर्याल लगायतका सहजीकरण गरेका थिए । मतपत्रमा निर्वाचन चिन्ह ठुलो भएको र मतदान कार्यमा सरिक हुँदा मतदातालाई आवश्यक सावधानी अपनाएर मतदान गर्न नमूना मतदानमा खटिएका कर्मचारीले सहजीकरण गरेका थिए ।उनीहरुले मतपत्र लिने,मतदान गर्ने,मतपत्र पट्याउनेदेखि बाकसमा खसाउने र मतदान स्थलबाट बाहिर निस्कनेसम्मको क्रियाकलापको बारेमा मतदातालाई सुसुचित गराईएको थियो ।
नमूना मतदान अघि जिल्ला निर्वाचन कार्यालयले मतदान स्थलको पूर्वाधार तयार पारेको थियो ।निर्वाचनमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई कसरी मतदान स्थलमा ल्याई पू¥याउने र उनीहरुलाई कसरी मतदान प्रक्रियामा सामेल गराउने भन्ने बिषयमा नमूना अभ्यास गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिर थापाले जानकारी दिए ।
स्थानीय तह निर्वाचनको दौरानमा जिल्ला निर्वाचन कार्यालयले गरेको नमूना मतदान अभ्यासमा जिल्ला ३ वटै सुरक्षाकर्मी र म्यादी प्रहरीको परिचालन तथा व्यवस्थापन संम्वन्धि समेत नमूना अभ्यास गराएको थियो । नमूना मतदानको भाग लिने आएका घरपझोङ ३ स्याङका वडाध्यक्ष पदका उम्मेदवार फणिन्द्र थकालीले नमूना मतदान अभ्यासले मतदातालाई मताधिकार सुरक्षित उपयोग गर्न सहयोग पुगेको बताए ।नमूना मतदानमा झन्डै ५५ जना स्थानीयले भाग लिएका थिए ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाको ५ वटै स्थानीय तहको ३८ मतदान केन्द्रमा कुल १०४८५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया