नागरिक पार्टीको चुनावी अभियान

पोखरा l
पोखरा महानगरपालिकाको मेयर, वडा अध्यक्ष लगायत सदस्यमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियान सुरु गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ९ को खुला सदस्य पदमा उम्मेदवारी दिएका कृष्ण रानाभाटले निर्वाचन आचारसंहिता पालना गर्दै मतदाताको घरदैलोमा गई आफ्ना एजेन्डा राख्दै प्रचारप्रसार थालेका छन् । उनले पोखराको मुख्य बजार महेन्द्रपुल, साँधुमुख, नयाँबजार क्षेत्रमा घरदैलो गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन चंगा चिन्हमा भोट हाल्न आग्रह गरेका छन् । मतदानमा विना संकोच, विना डरत्रास सक्रिय सहभागी भई सहि तरिकाले मतदान गर्न पनि उनले अनुरोध गरे ।
राष्ट्रिय नागरिक पार्टीबाट पोखराको मेयरमा सृजनादेवी रिजाल कार्की, पोखरा २१ मा वडा अध्यक्ष पदमा लक्ष्मण सुनार, महिला सदस्यमा तुलकुमारी थापामगर, दलित महिला सदस्य नारायणी परियार र खुला सदस्यमा प्रदीप सुनार र विष्णुबहादुर थापाले उम्मेदवारी दिएका छन् ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया