युवालाई गाउँ फर्काउँछौंः गुरुङ

पोखरा l
माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङले युवाका लागि ‘गाउँ फर्क अभियान’ सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यसहित युवालाई अवसर सिर्जना गरी घर फर्काउने योजना उनले सुनाए ।
गुरुङले भने, ‘हाम्रो नेतृत्वले युवालाई गाउँमै फर्काउनेछ । विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यही सिर्जना गर्ने गर्छौं ।’ अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पालिकाबासीको आर्थिक उन्नति गरिने उनको भनाइ छ ।
कृषिमा पालिकालाई पूर्ण आत्मनिर्भर बनाउने अठोट गर्दै गुरुङले वाचा गरेका हरेक काम समयमा नै कार्यान्वयन हुने प्रतिवद्धता जनाए । उपाध्यक्ष उम्मेदवार सीता अधिकारीले गाउँपालिकाको विकासका लागि कुनै हालतमा नेतृत्व परिवर्तन आवश्यक रहेको तर्क गरिन् । नेतृत्व परिवर्तन नभए पालिका थप ५ वर्ष पछाडि धकेलिने उनको जिकिर छ ।
अधिकारीले कतिपय महिलाले आफ्ना स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने अवस्था रहेको औंल्याउँदै उनले यस्ता समस्या समाधानका लागि सहजीकरण गर्ने सुनाइन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया