मादीलाई ‘टुरिजम हब’ बनाउन जोड दिनेछु – महेन्द्र गुरुङ

पोखरा ।
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । बुधबार मादी ५ ठुलस्वारामा आयोजित चुनावी सभामा बोल्दै उनले मादीमा पर्यटनको राम्रो सम्भावना भएको र पर्यटन बिकास भए गरिबी निवारण हुने भन्ने कुरा समेत व्यक्त गरे ।
मादी गाउँपालिका प्राकृतिक तथा धार्मिक रुपमा भरिपुर्ण भुगोल भएको हुँदा पर्यटन बिकास गर्नु पर्ने बताए । मादी नदीमा राफ्टिङ सञ्चालन, पिकनिक स्पोट निर्माण गरेर पर्यटकलाई आकर्षित बनाउने कुरा बताए ।
’ठुलस्वारा जस्ता भर्खर होमस्टे सञ्चालन गर्दै गरेको ठाउँ थुप्रै रहेको त्यसको लागि तालिम पनि आवश्यक छ । त्यसको लागि तालिम सञ्चालन गर्नेछु ।’ उनले भने, ‘ मादीका सुन्दर गाउँहरुलाई होम स्टेको रुपमा विकास गर्नेछु ।’त्यसै गरि उनले भ्रष्टाचार विहिन गाउँपालिका, अपाङ्गमैत्री ,समावेशी , युवालाई उद्दामशील बनाउने प्रतिवद्धता जनाए ।
मादीमा नेकपा (एमाले)बाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङ, मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट उम्मेद्वार छन् ।
एमालेले मादी ४ र ५ नम्बर वडाका गाउँहरु ठुलस्वारा, वयारघारी, थाम, लंकाछर, मादी वेशीमा बुधबार घरदैलो र चुनावी सभा गरिसकेको छ । चुनावी सभामा नेपाली कांग्रेस परित्याग गरी ६ जना युवा एमाले प्रवेश गरेका छन्। प्रवेश गरेकाहरु लंकाछरका तुल जंग गुरुङ, एक बहादुर गुरुङ, सन्तोष गुरुङ, बेल बहादुर गुरुङ, रूम बहादुर गुरुङ र पिटर गुरुङ हुन् ।
बिहिबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित एमालेका नेता–कार्यकर्ता मादी १ का गाउँ हरु सिक्लेस, खिलाङ र पार्चेका मतदातामाझ जाने छन् ।










गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया