किरणलाई सघाउँदै ‘बागी’ विष्णुले फिर्ता लिए उम्मेदवारी

पोखरा ।
आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर १३ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णुप्रसाद बरालले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार एक प्रेस विज्ञप्ति फिर्ता लिँदै कांग्रेसकै अर्का उम्मेदवार किरण बराललाई समर्थन गर्ने बताएका हुन् ।
बरालले नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारी वितरणमा प्रजातान्त्रिक मूल्य मान्यताविपरीत भएकाले आफूले दबाब दिन उम्मेदवारी दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘मेरो यो उम्मेदवारी जथाभावी तरिकाबाट टिकेट दिँदा कार्यकर्तामा विद्रोह उत्पन्न हुने र त्यसले पार्टीलाई भविष्यमा कमजोर बनाउन सक्नेतर्फ सबै जिम्मेवार नेताहरुलाई सचेत गराउनु पर्ने कर्तव्य अन्तर्गतको थियो,’ उनले भनेका छन् ।
बरालले लामो समयदेखि पार्टीमा संलग्न भएर जीवनको उर्भर समय बिताएको अहिले नेता, कार्यकर्ता तथा शुभचिन्तकको खुसीका लागि जिम्मेवारी हुनुपर्ने भएकाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । ‘म थप जिम्मेवार हुनु पर्दछ भन्ने सोची मैले दिएको स्वतन्त्र उम्मेदवारी आजैका मितिबाट फिर्ता लिएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया