पाेखरामा डिङ्क एण्ड ड्राइभले निम्त्याएकाे दुर्घटना

कार चालक पक्राउ

समाधान संवाददाता २०७९ वैशाख २१ गते २०:३५

पोखरा ।
सवारी दुर्घटना गरेर फरार रहेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दुर्घटना गराएर फरार रहेका पर्वत कुश्मा नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय एन्जिल बम मल्ललाई महानगरीय प्रहरी वृत्त काठमाण्डौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।


जितबहादुरले चलाएको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिएको थियो । कारले घुम्तीमा अर्को बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको तिवारीले बताए । पर्वतको जलजला गाउँपालिका खनियाँघाटका एन्जल बम घटनापछि फरार थिए । फरार रहेका उनी घटना पच्चात पर्वतपुगेर बाइक मार्फत स्याङ्जा, गुल्मी, चितवनहुँदै काठमाडौं पुगेको डिएसपी तिवारीले बताए । दुर्घटनापछि आफन्तले हेमजाको याम्दी पुलमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

चालकले मापसे गरी हेलचेक्रयाइ गरेर सवारी चलाउदा सग्लो परिवारको विछोड भएको भन्दै आफन्ताले शव बुझन मानेका थिइन् । कार चालकको एउटा सानो मिस्टेकले परिवारको खुसी लुटिएका भन्दै यस्तो प्रवित्तको अन्त्ये हुनुपर्ने कास्की डिएपी तिवारी बताउँछन् । तिवारीका अनुसार एन्जिल बम मल्ललाई कास्की जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मुद्दामा ७ को म्यादथप गरेर अनुसन्धान भई रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया