फुट्यो नेकपा

समाधान संवाददाता २०७९ वैशाख २२ गते ११:०५

काठमाडौं l
स्थानीय तह निर्वाचनमा सहभागिताबारेको विवादले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ ।
चुनाव बहिस्कार कि उपयोग भन्नेबारे पार्टी नेताबीच एक मत थिएन । नेकपामा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले बुधबार राष्ट्रिय भेला बोलाएर विप्लवलाई कारवाही गरे ।

Advertisement

चिवतनको पर्सामा भएको राष्ट्रिय भेलाले नकेपा महासचिवबाट चन्दलाई हटाउने र हालका लागि संयोजकको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिने निर्णय गरेको छ । त्यस्तै, चन्दको पक्षमा रहँदै आएका नेता खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ताबाट हटाइएको छ । नेता गुणराज लोहनीले केन्द्रीय सदस्य ६४ र सल्लाहकार समिति सदस्य ४ गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना सहभागी भेलाले चन्दलाई महासचिवबाट निष्कासन बताए ।

भेलामा देशभरीबाट ३ सय २५ नेता, कार्यकर्ता सहभागी रहेको र तीन दिनसम्म छलफल भएर नयाँ नेतृत्व र नीति तय हुने जनाइएको छ । नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा २०७८ चैत पहिलो साता बसेको थियो । १२ औं पूर्ण केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनमा भाग लिने महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो । त्यसपछि पार्टीले स्थानीय तह निर्वाचन न बहिष्कार, न उपयोग गर्ने भन्ने मध्यमार्गी निर्णय गरिएको सार्वजनिक भएको थियो ।

Advertisement

पार्टी औपचारिक रुपमा निर्वाचनमा नगए पनि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन नेता÷कार्यकर्तालाई नरोक्ने निर्णय भएको विप्लव पक्षले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया