मत माग्दै अटेरी उम्मेदवार

समाधान संवाददाता २०७९ वैशाख २२ गते ११:२५

पोखरा ।
स्वतन्त्र उम्मेदवारहरुको समूह अटेरी अभियानले घरदैलो सुरु गरेको छ । अटेरीले मत माग्दै पोखराका विभिन्न वडा पुगेको छ । बुधबार घरदैलो कार्यक्रम लिएर अटेरी समूह मत माग्दै वडा नम्बर १५, १३, १२ र १६ नम्बर वडा पुगेको छ । पोखरा महामनगर प्रमुख, १० वडाध्यक्ष र ६ वडा सदस्य गरी १७ जना अटेरी अभियन्ताले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

आफूलाई अटेरी भन्न रुचाउने यो समूहले राष्ट्रिय स्तरमै आफ्नो प्रभाव जमाई रहेको छ । चुनाव चिन्ह लौरो पाएपछि अटेरीले घरदैलो तिव्र पारेको हो । वडा वडामा अटेरी अभियानलाई राम्रो प्रतिक्रिया आई रहेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताए । पोखराका गनेस पौडेलले सुरु गरेको यो अभियान अहिले देशव्यापी बनेको छ । पौडेल पोखरा महानगर प्रमुख पदका उम्मेद्वार हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया