५ दलीय गठबन्धनको पोखरा घोषणापत्र

समाधान संवाददाता २०७९ वैशाख २२ गते १२:५६

पोखरा महानगर क्षेत्रफलको हिसाबले नेपालकै ठूलो महानगर हो । महानगरमा ५ दलीय गठबन्धनको सरकार बनिरहँदा ७ वटा समुन्नत पोखराका प्रस्थान विन्दु तय गरिएको छ ।
१.१ पोखरा महानगरमा पाँच दलीय गठबन्धन सरकारः विकास हामी सवैको अधिकार
विकास र समृद्घिका सरोकारवाला भनेकै महानगरवासी हुन् र विकास नागरिकको जन्मसिद्घ अधिकार हो, सबैको अधिकार हो । महानगरवासीलाई विकासका क्रियाकलापको अपनत्व लिने किसिमले निर्वाचित जनप्रतिनिधिले कार्य गर्नेछन् ।
१.२. शिक्षित, सभ्य तथा मर्यादित महानगरबासी
पाँच दलीय गठबन्धनको सरकार ले निःशुल्क सार्वजनिक शिक्षा गरिरहँदा महानगरबासी शिक्षित, सभ्य समाजका सदस्य र आफ्नो अधिकार र मर्यादाप्रति सचेत रहनेछन् ।
१.३. सुरक्षित र न्यायपूर्ण समाज
दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन गर्ने, सबैका लागि न्यायमा पहुँच, लैङ्गिक समानता हाँसिल गर्ने, सबै महिला, किशोरी र बालबालिकाको सुरक्षा र सशक्तीकरण भई समतामुलक समाजको निर्माण हुनेछ ।
१.४. स्वास्थ्य र सन्तुलित पर्यावरण
सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवन स्तर प्रवद्र्धन गर्न, सहरी स्वच्छता र खानेपानीको सुविधा १०० प्रतिशत पुर्‍याउन र पर्यावरणलाई दिगो राख्ने कार्य गरिएको हुनेछ ।
१.५. सुशासन र जवाफदेहिता
भ्रष्टाचारमा शून्य सहनशीलता विकास गर्ने, पारदर्शिता सुनिश्चित गर्ने र प्रभावकारी, जवाफदेही तथा समावेशी संस्थाको निर्माण गरिएको हुनेछ ।
१.६. स्रोतको समुचित व्यवस्थापन

Advertisement

भ्रष्टाचारमा शून्य सहनशीलता विकास गर्ने, पारदर्शिता सुनिश्चित गर्ने र प्रभावकारी, जवाफदेही तथा समावेशी संस्थाको निर्माण गरिएको हुनेछ ।
१.६. स्रोतको समुचित व्यवस्थापन

मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग गरिनेछ । सार्वजनिक, निजी र सरकारी (तीन खम्बे अर्थनीति) अवलम्बन गर्दै श्रमको प्रवद्र्धन गर्ने, स्थिर, समावेशी र दिगो आर्थिक वृद्धि र सबैका लागि पूर्ण तथा उत्पादनशील रोजगारी र मर्यादित श्रम प्रर्वद्घन गर्ने उच्च र दिगो उत्पादन तथा उत्पादकत्व वृद्घि गर्दै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै सिगो महानगरमा गरिबीको अन्त्य गरिनेछ ।
१.७. प्रविधिमैत्री सेवा प्रवाह
महानगरीय सेवालाई प्रविधि मैत्री बनाइनेछ भने सेवाग्राहीको पनि प्रविधिको पहुँच बढाइनेछ, अभिमुखीकरण गर्ने दायित्व महानगरीय सरकारको रहनेछ ।
२. क्षेत्रगत योजना र प्रतिवद्घता
२.१. शिक्षा
१. महानगरभित्र शिक्षाको उज्यालोबाट कोही बालबालिका तथा लक्षित वर्गका गरिब, महिला, दलित, अल्पसंख्यक बञ्चित हुन नपरोस् भन्ने हेतुले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षाको पहल गरिने छ ।
२. शिक्षामा राज्यद्वारा पूर्णरुपमा सम्वोधन गर्न नसकिएको क्षेत्रमा परिपूरक निजी शिक्षाको अवधारणा अवलम्बन गरिनेछ ।
३. व्यवसायिक जनशक्तिको उत्पादनका लागि माध्यमिक तहको एक सुविधासम्पन्न महानगरीय व्यवसायिक शिक्षालय स्थापना गरिनेछ ।
४. खेलकुदको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान बढाउनका लागि ५ देखि १२ कक्षाका विद्यार्थीलाई लक्षित गरी महानगरीय खेलकुद एकेडेमी स्थापना गरिनेछ ।
५.सूचना, सञ्चार तथा प्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न माध्यमिक तहको एक महानगरीय आइसिटी एकेडेमी स्थापना गरिनेछ ।
६. प्रत्येक निजी र सार्वजनिक शिक्षण संस्थाका विचमा भगिनी सम्बन्ध स्थापित गराई सामाजिक उत्तरदायित्व वहन गर्ने वातावरण तयार गरिनेछ ।
७. पठन खोज तथा अनुुसन्धान संस्कृतिको विकास गरी गुणस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न महानगर स्तररीय एक मेट्रो लाईब्रेरी र वाडस्तरमा एक एक लाइब्रेरी स्थापना गरिनेछ ।
८. महानगरभित्र हाललाई ६ वटा सार्वजनिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकसित गर्न व्याकअप गरिनेछ ।
९. स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट प्राविधिक एवं उच्च शिक्षा हासिल गरेका फ्रेस ग्राजुयट्सको पंक्तिबाट शिक्षण अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन, नमूना शैक्षिक क्रियाकलाप सञ्चालन गर्न प्रत्येक वार्डमा ३ जना महानगर स्वंयसेवी शिक्षक÷शिक्षिकाको दरबन्दी व्यवस्था गरिनेछ ।
१०. महानगरभित्र निजी, संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी एवं सामुदायिक विद्यालयमा ईसिडीदेखि अन्य तहमा र निजी स्रोतमा कार्यरत शिक्षकको तलवमान, पारिश्रमिक र अन्य सुविधा कमसेकम सरकारीसरह बनाउनुका साथै महानगरको तर्फबाट विशेष प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।
११. प्रत्येक माध्यमिक विद्यालयमा माध्यमिक तहको पाठ्यक्रम अन्तर्गत विद्यार्थीमा प्राविधिक सीप विकास गर्ने उद्देश्यले कम्तीमा एक प्रयोगात्मक विषय अनिवार्य गरिनेछ ।
१२. पृथ्वीनारायण क्याम्पसमा सञ्चालनमा रहेका अध्ययन संस्थान÷संकायहरुको स्तरोन्नति गरी प्रादेशिक विश्वविद्यालयको रुपमा विकास गर्न पहल गरिनेछ ।
१३. विपन्न तथा जेहेन्दार दलित विद्यार्थीलाई हरेक विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
१४. पर्यटकीय राजधानी पोखराको पर्यटनलाई बढावा दिने र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले माध्यमिक तहबाटै पर्यटनसँग सम्वन्धित विषयहरुमा पठनपाठन सञ्चालन गरिनेछ ।
१५. पोखरा विश्वविद्यालयमा नवीनतम विषहरुको खोज, अनुसन्धान गर्ने, थिकं ट्याङ्क हबको रुपमा विकसित गरिनेछ ।
२.२. स्वास्थ्य
१ आधारभूत स्वास्थ्य सेवालाई .निःशुल्क र सर्वसुलभ बनाइनेछ ।
२. मातृशिशु स्वास्थ्य प्रर्वद्घन गर्न ६ महिनासम्म मासिक २ हजारका दरले सुत्केरी पोषण भत्ता प्रदान गरिनेछ ।
३. ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन गरी निशुल्क स्वास्थ्य परीक्षण, उपचार, परामर्श, नर्सिङ सेवा, डाक्टर इन कल जस्ता सुविधा समावेश गरिनेछ साथै स्वास्थ्य सेवा व्यवस्थापन समितिमार्फत प्रत्येक वडामा ज्येष्ठ नागरिक स्याहार केन्द्र(एकीकृत सेवा) मार्फत आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
४. बालबालिका पोषण कार्यक्रम अन्र्तगत २ वर्षसम्मका बालबालिकाको पहिचान र अभिलेखीकरण गरी पौष्टिक आहार वितरण गरिनेछ ।
५. प्रजनन् स्वास्थ्य सेवा कार्यक्रममार्फत किशोरकिशोरी मैत्री स्वास्थ्य परामर्श, सुत्केरी स्याहार जस्ता सेवा सञ्चालन गरिनेछ ।
६. युवाको बेरोजगारी, दुव्र्यसनी जस्ता समस्याबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्न मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
७. काश्यप ऋषिको तपोभूमिको रुपमा प्रसिद्ध पोखरामा ‘उपचार र निदानभन्दा रोग लाग्नै नदिनु वेश’ भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारका लागि महानगरीय आरोग्य धाम सञ्चालन गरिनेछ ।
८. नगरीय विपन्नता मापन गर्दै अति विपन्न परिवारलाई निःशुल्क नागरिक स्वास्थ्य बिमा सुविधा प्रदान गरिनेछ ।
९. आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधासहित सेवा प्रदान गर्न महानगरीय स्वास्थ्य सेवा अन्तर्गत मेट्रो अस्पताल सञ्चालन गरिनेछ ।
२.३. उद्यमशीलता, रोजगार तथा मानव संशाधन विकास
१. स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसर सृजना गरिनेछ ।
२. रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजार जस्ता सेवा प्रदान गर्न मानव संशाधन विकास केन्द्र स्थापना गरिनेछ ।
३. रेमिट्यान्स परिचालन गरी पर्यटन पूर्वाधार निर्माण र उद्यमशीलता प्रर्वद्घन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गरिनेछ ।
४.परम्परागत सीप र उपकरणको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा व्यवसायीकरण गरिनेछ ।
५. परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म स्र्टाट अपका लागि क्रृण लगानी गरिनेछ ।
६. पहिलो ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजनाका साथ +२ तहको अध्ययन सकाएका यस क्षेत्रका युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, पल्म्बिङ इलेक्ट्रिसियन,भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइएन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीप सगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिनेछ ।
७. दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गरिनछ ।
२.४. पूर्वाधार
१. महानगरको सुविधा सम्पन्न कार्यालय र वडा कार्यलय निर्माण सम्पन्न गरिनेछ ।
२. ४० देखि ५० हजार जनसंख्याका लागि पोखरा महानगरका ग्रामीण ईलाका वा सँगै जोडिएका अन्य ठाँऊमा ग्रेटर पोखराको अवधारणासँग तालमेल मिल्ने गरी ५ वटा सेटलाइट टाउन निर्माण गरिनेछ ।
३. महानगरीय चक्रपथ निर्माण र सञ्चालन गरिने छ ।
४.प्रत्येक वार्ड कनेक्टिङ रोडको स्तरोन्नति गरिनेछ ।
५. महानगरको व्यस्त सडक तथा चोकमा आवश्यकता अनुसार आकाशे पुल तथा अन्डरपास÷बाइपास निर्माण गरिनेछ ।
६. पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभा हल निर्माण सम्पन्न गरिने छ ।
७. बढ्दो सवारी चापलाई ध्यानमा राखी अटोमेटिक ट्राफिक सिग्नल व्यवस्थापन गरिनेछ ।
८.साइकल सिटीको अवधारणालाई प्रर्वद्घन गर्दै पोखराका ताललाई जोड्ने साइकल लेनको पूर्वाधार बनाइनेछ ।
९. महानगरभित्र रहेका महत्वपूर्ण तालस्रोतसँगै रहेका वन स्रोतको संरक्षण र उपयोग गर्दै जैविक विविधता तथा प्राकृतिक उद्यान एवं वनस्पति उद्यान निर्माण गरिनेछ ।
१०. पोखराको सौन्दर्य थप्न तालको ड्याम, चोक एवं प्रत्येक सडकमा सोलार जडित सडकबत्तीको व्यवस्था गरिनेछ ।
११. महानगरको पहलमा तालस्रोतहरुको वर्गीकरण गरी वाटर रिक्रियसन, पानीमा खेल्ने साहसिक खेलहरु, क्रुज, फ्लोटिङ रेष्टुरेण्ट जस्ता पर्यटन पूर्वाधार निर्माण गरिनेछ ।
१२. सार्वजनिक–निजी साझेदारी अवधारणामा आधारित रहेर महानगरको प्रवेशद्वार मानिने लामेआहालको निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म सडकको दाँया बाँया ईलेक्ट्रिक ट्रेन सञ्चालन गरिनेछ ।
१३. पोखरा महानगरपालिकाको मुटु पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा तत्काल व्यवस्थित गरिनेछ ।
१४. उपयुक्त जग्गा अधिकरण गरी बाच्छेवुडुवाको ल्यान्डफिल्ड साइटलाई अन्यत्र सारेर तत्काल व्यवस्थित गरिनेछ ।
१५. मल्टीपर्पाेज पार्क(अन्तराष्ट्रिय स्तरको), फ्लाइङ स्कुल जस्ता परियोजना सञ्चालन गरी पोखरा विमानस्थलको भू–उपयोगको दीर्घकालीन योजना निर्माण गरिनेछ ।
१६.फेवाताल किनाराको हिमागृह दरारमा जैविक विविधता पार्क सञ्चालन गरिनेछ । पोखरा ६ गौरीघाटमा रहेको रत्न मन्दिरमा प्यालेस म्युजियम सञ्चालन गरिनेछ ।
१७. वडा नं ३३ मा रहेको अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान सम्पन्न गरिनेछ । उच्च भेगीय गल्फ कोर्ष निर्माण गरिनेछ ।
१८. महानगरको ट्राफिक व्यवस्थापनका लागि मल्टी स्टोरी पार्किङ सुविधा, पिपिपी मोडेलमा अन्तरग्राउन्ड पार्किङ सञ्चालन गरिनेछ ।
१९. महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजनामार्फत व्यवस्थित गरिनेछ ।
२०. पोखरा ३३ पुणीटारमा प्रस्तावित औद्योगिक क्षेत्र यथाशीघ्र सञ्चालन गरिनेछ ।
२१. पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय एअरपोर्ट तत्काल सञ्चालनमा ल्याइनेछ ।
२२. भूमिहीन, सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाइ सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गरिनेछ ।
२३. भूमिहीन, सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाइ व्यवस्थित बनाउँदै राष्ट्रिय भूमि व्यवस्था आयोगसँग समन्वय गरी जग्गाधनी लालपुर्जा प्रदान गरिनेछ ।.
२४. ऐतिहासिक कालदेखि .सेती नदीका किनारमा रहेका परम्परागत घाटलाई व्यवस्थित गर्नुका साथै आवश्यकता अनुसार इलेक्ट्रिक शवदाह स्थल निर्माण गरिनेछ ।
२५. महानगर क्षेत्रका विभिन्न स्थानमा सुविधासम्पन्न यात्रु प्रतीक्षालय निर्माण गरिनेछ ।
२६. महानगरको केन्द्रदेखि बिभिन्न गाउँसम्म पुग्नका लागि साँझ बस सेवा सञ्चालन गरिनेछ ।
२८७. विजयपुर र चाइनापुलको वैकल्पिक व्यवस्था गरिनेछ ।
२९. अन्तर्राष्ट्रिय एयरपोर्टबाट मुस्ताङचोक, एयरपोर्टबाट कोत्रेसम्म फास्ट ट्र्याक निर्माण गरिनेछ ।
२.५. पर्यटन
१. पर्यटकीय गौरवका योजना सम्पन्न गरी पर्यटक, बसाइँको अवधि र खर्च गर्ने दर बढाइनेछ ।
२. एमआइसिइ (मिटिङ, इनिसिएटिभ, कम्फरेन्स, इभेन्ट्स) पर्यटनमार्फत् रोजगारीका अवसर बढाइनेछ ।
३. पोखरा ताल संरक्षण तथा जैविक विविधता प्रर्वद्घन परियोजना सञ्चालन गरिनेछ ।
४. पोखरामा वेलनेस टुरिजम, एड्भेन्चर टुरिजम प्रमोसन प्याकेजहरु विस्तार गरिनेछ ।
५.स्थानीय उपहार तथा हस्तकलाका सामग्री उत्पादन गर्ने ‘पोखराको सम्झना’ उद्योगको स्थापना र सञ्चालन गरिनेछ ।
६. पोखरालाई बजेट टुरिजमको हव बनाउने, प्रर्वद्घन गर्ने तात्कालीक कार्यक्रम सञ्चालन गरिनेछ ।
७.सरकारी र निजी क्षेत्रको सहकार्यमा महानगरको ऐन बनाई महानगरीय टुरिजम बोर्डको स्थापना र सञ्चालन गरिनेछ ।
८.पोखरा आसपासको शान्त र ग्रामीण इलाकामा प्राकृतिक चिकित्सालय सञ्चालन गरिनेछ ।
९. स्वदेशी तथा विदेशी पर्यटकलाई पर्यटकीय गतिविधि तथा क्रियाकलापको सूचना प्रदान गर्न अत्याधुनिक पर्यटन सूचना केन्द्र स्थापना र सञ्चालन गरिनेछ ।
१०. पर्यटन, यातायात, सार्वजनिक स्थल आदिमा कार्य गर्ने कर्मचारीलाई लक्षित गरी हस्पिटालिटी विहेभिअर डेभलपमेन्ट ट्रेनिङको आवधिक प्याकेज चलाइनेछ ।
११. वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने मुलुकका बीचमा एक्सचेन्ज भिजिट प्लान, सोलिडारिटी प्याकेज, सिस्टर रिलेसनसिप कायम गरिनेछ ।
१२. छिमेकी राष्ट्र भारतका मूल ५ पीठका पीठाधीशलाई पोखरादेखि मुक्तिनाथ सम्मका प्रमुख तीर्थस्थल भ्रमण गराई धार्मिक पर्यटनलाई प्रर्वद्घन गरिनेछ ।
१३. पोखरादेखि तिब्ब्तसम्म डाइरेक्ट हवाई उडान सञ्चालन गरिनेछ ।
१४. पोखरालाई मुक्तिनाथको प्रवेशद्वारको रुपमा विकास गरिनेछ ।
१५. लुम्बिनी पोखरा मुक्तिनाथ मानसरोवर हवाई रुट विकास गरिनेछ ।
१६.पोखराका ऐतिहासिक र पुरातात्विक दृष्ट्रिकोणले महत्वपूर्ण स्थानमा हेरिटेज टुरिस्ट डेस्टिनेसनको रुपमा विकास गरिनेछ ।
१७.पोखराका प्रसिद्घ तालबाट नेपालका रारा लगायतका प्रमुख तालमा इन्टरलेक एअर कनेक्सन गरिनेछ ।
१८. १०० कोठा वा सो भन्दा बढीको होटेल निर्माण गरी ३० प्रतिशत भन्दा बढी महानगरका नागरिकलाई रोजगार दिन सक्ने क्षमता राख्ने पूर्वाधार निर्माणमा नक्शा पास निःशुल्क गर्ने व्यवस्था मिलाइनेछ ।
१९.विश्वशान्ति स्तूपा, वेगनासकोट, ठूलाकोट, पुम्दीकोट, काँहुडाँडा लगायतका स्थानमा केबुलकार निर्माणमा जोड दिईनेछ ।
२.६. खेलकुद
१. खेल पर्यटनको माध्ययमबाट पोखरालाई खेलकुदको राजधानी सहरको रुपमा विकसित गरिनेछ ।
२. पोखरामा रहेका रंगशालालाई स्तरोन्नति गरिनेछ ।
३. टेनिस क्रिक्रेट जस्ता नयाँ खेलकुदका लागि मिनी कभर्ड हल बनाइनेछ ।
४. प्राकृतिक विपद्को घडीमा सुरक्षित खुला स्थानको रुपमा पनि प्रयोग गर्न सकिने गरी प्रत्येक वडामा फुटसलका पूर्वाधार निर्माण गरिनेछ ।
२.७. सहरी स्वच्छता
१. फोहोरलाई मोहोर कार्यक्रममार्फत उपभोक्तालाई घर घरमा फोहोर छुट्टाउन लगाउने र महानगरले वेस्ट बैंकमार्फत् खरिद गर्ने प्रणाली सुरु गरिनेछ ।
२. ढल तथा नालीलाई व्यवस्थित गरिनेछ ।
३. फोहोरमैला व्यवस्थापन कार्यविधि अक्षरशः पालना गरिनेछ ।
४.पोखरा महानगरभित्र आवश्यक संख्यामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
५. महानगरका प्रत्येक घर अगाडिको सार्वजनिक स्थलको सरसफाइ र संरक्षणका लागि ‘मेरो घर आँगन मेरो जिम्मेवारी अभियान चलाइनेछ ।
६. महानगरबासीलाई कम्तीमा मासिक ५ हजार लिटर शुद्ध खानेपानी निशुल्क वितरण गरिनेछ ।
२.८. नगरीय सुशासन
१. महानगरबाट प्रदान गरिने सम्पूर्ण सेवालाई विद्युतीय सुशासनको दायराभित्र ल्याइनेछ । महानगरको सेवा प्रवाहलाई पेपरलेस, मुभलेस बनाइनेछ ।
२. महानगरबाट प्रदान गरिने अत्यावश्यक सिफारिश निःशुल्क गरिनेछ ।
३. प्रभावकारी ढंगले गुनासो सुन्न र ढिलासुस्ती नियन्त्रण गर्न हेलो मेयर कार्यक्रम सञ्चालन गरिने छ ।
४. महानगरमा प्रभावकारी सेवा प्रवाह र कार्यचुस्तताका आधारमा कर्मचारी व्यवस्थापन गरिनेछ ।
५. प्रत्येक वडा कार्यालको सेवाप्रवाहलाई प्रभावकारी बनाई वडाको क्षमता सबलीकरण, अधिकार सम्पन्न बनाइनेछ ।
६. महानगरवासीलाई नगर विकासप्रति उत्तरदायी बनाउन नगरका ठूला र दीर्घकालीन योजना निर्माणको निर्णय गर्दा इलेक्ट्रोनिक्स पोलको माध्यमवाट सर्वेक्षण गर्ने व्यवस्था मिलाइनेछ ।
७. महानगरभित्र मेट्रिक ठेगाना प्रणाली लागू गरिनेछ ।
८. विपन्नता भएका परिवारलाई परिचय पत्र वितरण गरी जीविकोपार्जनको सुनिश्चितता गरिनेछ ।

Advertisement

२.९. कृषि
१. मेयर विशिष्ट उत्पादन पकेट क्षेत्र घोषणा गरी स्थानीय रुपमा कृषि उद्यमशीलता विकास गरिनेछ । साथै हाम्रो उत्पादन हाम्रो गौरव कार्यक्रम अन्र्तगत मसला, अचार, मासु, दूध, टुसा, पेय पदार्थ लगायतका उपजको प्रोसेसिङ, प्याकेजिङ, लेभलिङ, मार्केटिङ र ब्रान्डिङ गरिनेछ ।
२. महानगरको पहलमा प्रत्येक वार्डमा कृषि उपज बजार केन्द्र खोलिनेछ ।
३. महानगरको पहलमा कौशी खेती अनुदान योजना सञ्चालन गरिनेछ ।
४. कृषि ज्ञान केन्द्रमार्फत बाली बिमा, पशु बिमा योजनालाई अद्यावधिक गरिनेछ ।
५. कृषि उपजमार्फत गाऊँ सहर अन्तरसम्वन्ध बढाइनेछ ।
६. कृषि क्षेत्रमा खपत हुने बिजुलीको महशुलमा ५० प्रतिशत छुट दिइनेछ ।
७. सामूहिक खेती प्रणाली तथा चक्लाबन्दीमा अनुदान प्रदान गरिनेछ ।
८. रैथाने तथा उन्नत दुवै खाले वीउवीजनका लागि वीऊ बैंक स्थापना गरिनेछ ।
९. कृषि र पशुपालनमा बजारमुखी उत्पादनमा जोड दिइनेछ र बजारीकरणका लागि सहजीकरण गरिनेछ ।
१०. कृषि उत्पादनमा समर्थन मूल्य कायम गरी महानगरले न्यूनतम मूल्यमा खरिद गर्ने व्यवस्था गरिनेछ ।
२.१०. मानवीय सुरक्षा तथा विपद् व्यवस्थापन
१. पूर्ण खोप सुनिश्चित गरिनेछ ।
२.सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । अति विपन्न ज्येष्ठ नागरिक र एकल महिलाको सुरक्षाको लागि महानगरको तर्फबाट थप अतिरिक्त २० प्रतिशत सामाजिक सुरक्षा भत्ता प्रदान गरिनेछ ।
३. नगर प्रहरीको संख्या र क्षमता अभिवृद्घि गरी नागरिक सुरक्षा निगरानी बढाइनेछ ।
४. आपतकालीन सेवाका लागि टोलफ्री नम्बर र मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याइनेछ ।
५. प्रकोप व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली लागू गरिनेछ ।
६. महानगरका मुख्य सडक र चोकहरुमा र सार्वजनिक स्थलहरुमा सुरक्षा निगरानी बढाउन सिसीटिभी जडान गरिनेछ ।
७. योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कडाईका साथ लागू गरी श्रमिकको अभिलेख राखिनेछ ।
२.११. सूचना, सञ्चार तथा विज्ञान प्रविधि
१.पोखरालाई सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र व्यावसायिक केन्द,्र (साइबर सिटी) का रूपमा विकास गरिनेछ ।
२. महानगर भित्रका महत्वपूर्ण सार्वजनिक स्थलमा उच्च ब्यान्डवीथ सहितको निःशुल्क वाइफाइ प्रदान गरिनेछ ।
३. महानगरको पहलमा इन्क्युवेसन ल्याब खोलिनेछ ।
२.१२. प्राकृतिक स्रोत, साधनको उपयोग
१.सार्वजनिक निजी साझेदारीमा साना तथा मझौला जलविद्युत् तथा पानीमा आधारित पर्यटकीय पूर्वाधार विकास गरिनेछ ।
२. महानगरभित्रका सबै जलाधार क्षेत्रको विस्तृत अध्ययन गरी जलाधार संरक्षण परियोजना सञ्चालन गरिनेछ ।
३. महानगरका खोला तथा नदी किनारको ढुंगा, माटो, बालुवा गिटी आदिको उत्खनन, बिक्री, वितरणको पारदर्शी व्यवस्था मिलाइनेछ ।
२.१३. फेवातालको संरक्षण र सौन्दर्यकरण परियोजना
१.पोखराको गौरव फेवातालको संरक्षण र सौन्दर्यकरणसम्बन्धी महानगरीय परियोजना सुरु गरिनेछ ।
२. फेवातालमा खुला रुपमा मत्स्यपालन गरी फिसिङ टुरिजम विकास गरिनेछ ।
३. फेवातालको नजिक बाइपास ड्रेन बनाइनेछ ।
२.१४. उद्योग, व्यापार तथा वित्तीय योजना
१. पोखरा महानगरभित्र वस्तु, प्रकार र सेवाका आधारमा बजार क्षेत्र वर्गीकरण र निर्धारण गरिने छ ।
२. महानगरमा कार्यरत विदेशी नागरिकलाई अनिवार्य वर्क परमिटको व्यवस्था गरी करको दायरमा ल्याइनेछ ।
२.१५. सामाजिक सुरक्षा
१. विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण र पुनस्र्थापन गरिनेछ ।
२. अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भर र मर्यादित जीवनयापन हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
३. हिंसा पीडित, यौनिक अल्पसंख्यक र एकल महिलाहरूको लागि क्षमतावृद्धि कार्यक्रम सञ्चालन गरिने छ ।
२.१६. कला, संस्कृति तथा सम्पदा
१. महानगर भित्रका विभिन्न जात, जाति र समुदायको धर्म, भाषा, संस्कृति, कला, साहित्य र परम्पराको संरक्षण र संवद्र्धन गर्नका लागि पोखरा २० मौजा क्षेत्रमा बहुसांस्कृतिक ग्राम स्थापना गरिनेछ ।
२. महानगरमा रहेका विभिन्न ऐतिहासिक, पुरातात्विक, धार्मिक र साँस्कृतिक सम्पदाको पुनर्निर्माण, जीर्णोद्वार र व्यवस्थापन गरिनेछ ।
३. कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल साविक लेखनाथलाई सृजनाग्रामको रुपमा विकास गरिनेछ ।
४. जनकविकेशरी धर्मराज थापाको जन्मस्थल, गन्र्धवहरुको कला र संस्कृति बोकेको स्थल बाटुलेचौरमा लोक संग्राहलयको स्थापना गरिनेछ ।
२.१७. अन्तरपालिका समन्वय
१. महानगरको आसपासमा रहेका अन्य पालिकासँग पारस्परिक विकासका लागि समन्वय गरिनेछ ।
२. स्वदेशी तथा विदेशी महानगरसँग भगिनी सम्बन्ध स्थापना गरी अन्तरपालिका विकास मोडेल अपनाइनेछ ।
३. प्रतिवद्घता कार्यान्वयनका ७ आधार
३.१. नेतृत्व सीप र क्षमता
गठबन्धनका साझा उम्मेदवारको नेतृत्व सीप, लामो राजनीतिक अनुभव र सामाजिक परिचालन र समाजसेवामा निरन्तर लगाव नै माथिका प्रतिवद्घता कार्यान्वयन हुने महत्वपूर्ण आधार हुन् ।
३.२. पुँजीको व्यवस्थापन
आत्मनिर्भर अर्थतन्त्र र संकलित पुँजीको अधिकतम उपभोग गर्ने र चालुगत खर्च, प्रशासनिक खर्चलाई घटाएर विकास खर्चलाई बढाउने नीति नै आर्थिक रुपमा कार्यान्वयन हुने अर्काे महत्वपूर्ण आधार हो ।
३.३. सामाजिक परिचालन
समाजका सबै सरोकारवाला जस्तै पेशा व्यवसायी, विद्यार्थी, श्रमजीवी, वुद्घिजीवी, प्राध्यापक, वकिल, सामाजिक अभियन्ता सबैले उत्तिकै योगदान पुर्‍याउन सक्ने सामाजिक परिचालनको मोडेलमा आधारित समाज रुपान्तरणको अभियान भएकाले माथिका प्रतिवद्घताको कार्यान्वयन पक्ष दरो हुनेछ ।
३.४. दिगोपना
हामीले पोखरा महानगरमा सञ्चालन गर्ने सवै विकासका क्रियाकलाप सहस्राब्दी विकास लक्ष्य उन्मुख रहनेछन् र यिनीहरु पर्यावरण र जीवीकोपार्जनको दृष्टिकोणबाट दिगो रहने छन् ।
३.५. नागरिक अपनत्व
विकास सबैको अधिकार हो । सम्पूर्ण महानगरबासीले विकासका क्रियाकलापको अपनत्व लिनेछन् किनकी उनीहरु स्वंय यो तर्जुमा प्रक्रियादेखि कार्यान्वयनसम्म प्रत्यक्ष संल्गन हुने छन् ।
३.६. सहभागितात्मक योजना तर्जुमा
भूईमान्छेहरुको विकास र समुन्नतिको प्रक्रियामा सहभागिता, पहुँच सुनिश्चितता र नियन्त्रण रहनेछ । विकास माथिबाट थोपरेको नभई तलबाट योजना गरिएको हुनुपर्छ, यो हाम्रो मान्यता हो ।
भष्ट्राचार नियन्त्रण गर्ने, पारदर्शिता वृद्घि गर्ने र स्थानीय सरकारलाई जवाफदेही बनाउने संयन्त्र नै हाम्रा प्रतिवद्घता कार्यान्वयन हुने अर्काे महत्वपूर्ण आधार हो ।
४. कार्ययोजना

क्र.स क्रियाकलाप ÷योजना कहिले जिम्मेवारी
१ महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने पदबहालीको दिन मेयर
२. हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने एक महिनाभित्र कार्यपालिका
३. घुम्ती अस्पताल सञ्चालन गर्ने
सुन्दर पोखरा स्वस्थ पोखरेली कार्यक्रम सञ्चालन गर्ने ३ महिनाभित्र
४ प्रभावकारी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने
ज्येष्ठ नागरिक भत्ता घर–दैलोमा उपलब्ध गराउने ३ महिनाभित्र
५ महानगरको केन्द्रदेखि बिभिन्न गाउँसम्म पुग्नका लागि साँझ बस सेवा सञ्चालन गर्ने ३ महिनाभित्र
६ हस्पिटालिटी बिहेभिअर डेभलपमेन्ट ट्रेनिङको आवधिक प्याकेज चलाउने
७ महानगरीय करको दायरा फराकिलो बनाउने कार्यविधि निर्माण ३ महिनाभित्र
८ मुभलेस सेवा प्रवाह सञ्चालन गर्नै ३ महिना भित्र
९ अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजनाका प्राथमिकता निर्धारण गर्ने ३ महिना भित्र
१० स्कुल टु वर्क कार्यक्रम सञ्चालन ६ महिनाभित्र
११ सक्षम पोखरा परियोजनाको कार्यविधि बनाउने ६ महिनाभित्र
१२ परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म स्र्टाट अपका लागि क्रृण लगानी गर्ने ६ महिनाभित्र
१३ अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा ६ महिनाभित्र
१४ कृषि उत्पादनमा समर्थन मूल्य कायम गरी महानगरले न्यूनतम मूल्यमा खरिद गर्ने व्यवस्था गर्ने ६ महिनाभित्र
१५ घरवस्ती वरपर रहेका पाटी, पौवा, कुवा, ढुगेंधारा, वरपीपल चौतारी लगायतका सम्पदाको संरक्षण गर्न विशेष प्याकेज ल्याउने ६ महिनाभित्र
१६ महानगरमा कार्यरत विदेशी नागरिकलाई अनिवार्य वर्क परमिटको व्यवस्था गरी करको दायरमा ल्याउने
६ महिनाभित्र
१७ महानगरको पहलमा इन्क्युवेसन ल्याब खोल्ने ६ महिनाभित्र
१८ वेस्ट बैंकमार्फत फोहोर खरिद गर्ने प्रणाली सुरु गर्ने ६ महिनाभित्र
१९ महानगरभित्र मेट्रिक ठेगाना प्रणाली लागू गर्ने ६ महिनाभित्र
२० महानगरीय स्वंयसेवक शिक्षकको दरखास्त आव्हान एक शैक्षिक सत्रभित्र
२१ ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना १ वर्षभित्र
२२ निःशुल्क विद्यालय शिक्षाको कार्यान्वयन १ वर्षभित्र
२३ पोखराका प्रसिद्ध तालहरुबाट नेपालका रारा लगायतका प्रमुख तालहरुमा इन्टरलेक एअर कनेक्सन गर्ने १ वर्ष भित्र

Advertisement

सत्ता गठबन्धनले पोखरा महानगरको चुनावका लागि सार्वजनिक गरेको घोषणपत्रको सार–संक्षेप

तपाईको प्रतिक्रिया