राजनिति

स्थानीय तहमा यो नै मेरो अन्तिम उम्मेदवारी हो : बिष्ट

हारजीत जे भएपनि यो नै मेरो स्थानीय तहमा अन्तिम उम्मेदवारी हो

समाधान संवाददाता २०७९ वैशाख २२ गते १२:४०
लोघेकर दामोदरकुण्ड गापामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ःलोप्साङ छोम्फेल बिष्ट

लोप्साङ छोम्फेल बिष्ट उर्फ राजु बिष्ट यो नाम मुस्ताङी जनताको लागि अपरिचित नाम पक्कै होईन । उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङी सबैले बिष्टलाई नचिन्ने कोही छैनन् ।बिशेष गरी उपल्लो मुस्ताङी जनताको लागि उनी ढुकढुकीमा बाँस बसिसकेका छन् । उनलाई उपल्लो मुस्ताङीले मेरुदण्डको रुपमा लिने गर्छन ।

उपल्लो मुस्ताङमा उहाँको अगुवाई विना त्यहाँको विकास अपूरो र अपूर्ण हुन सक्छ ।एउटा सफल नेतृत्वदायी भूमिका निर्वाह गर्ने सक्ने क्षमतावान व्यक्तित्व हुन् लोप्साङ छोम्फेल बिष्ट ।
दोश्रो संविधान सभापछि भएको ३ तहको संघीय संरचना अन्तर्गत बिष्ट लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लागि त्यसबेला अध्यक्ष पदमाभारी मतले बिजयी भएका थिए । स्थानीय तहको पहिलो कार्यकालमा उहाँले गर्नु भएको योगदान वर्णन गर्नै पर्दैन,सरकारी तथ्यांकले पुष्टि गरिदिएको छ ।

नेपाल सरकारले गरेको सर्वेक्षण अन्तर्गत प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा उहाँले नेतृत्व गर्नु भएको पालिका नेपालकै दोश्रो नम्बरमा पर्न सफल भयो ।उहाँको पालिकाले ७७ दमलव ११ अंक प्राप्त गरी दोश्रो नम्बरमा परेको हो ।

Advertisement

यति मात्र होईन उहाँको पालिका गण्डकी प्रदेशकै छैटौ कम बेरुजु रहेको पालिकामा सूचीमा प¥यो ।भौगोलिक रुपले विकट ,कम जनसंख्या रहेको लोघेकर दामोदरकुण्डमा उनी अध्यक्ष बन्नु अघि नत बिद्युत थियो,नत ईन्टरनेट ,नत बाटो घाटोको सुविधानै थियो । तर ,उहाँकै कार्यकालमा अहिले यी सबै आवश्यकताको पहुँच जोडिसकेका छन् ।उनकै कार्यकालमा त्यहा शिक्षा,स्वास्थ्य,कृषि,पर्यटकीय पूर्वाधार निमार्णले प्राथमिकता पायो।

दामोदरकुण्ड पदमार्ग तथा त्यहाको पूर्वाधार निर्माणको साथै लोघेकर गुम्बाको संरक्षण तथा स्तरोन्नतिमा उहाँले गरेका योगदान हाम्रा सामु छरपष्ट छन् ।अझै त्यहाँ धेरै काम गर्न थाँती छन् । आफ्नो पहिलो कार्यकालमा भएका सबै कामहरु पुस्तक मार्फत जनसमक्ष उजागर गरिसकेका छन् भने स्थानीय तहको दोश्रो कार्यकालमा पनि गर्ने त्रिवर्षीय रणनितिक योजना जनतालाई जानकारी गराईसकेका छन् ।

Advertisement

स्थानीय तहको पहिलो कार्यकालमा निकै ख्याती कमाईसकेका बिष्ट यसपटक पूनः निर्वाचन लड्ने योजनामा थिएनन् । जनताको अनुरोध र पार्टीको आग्रहका कारण उनी पूनः दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिन बाध्य भए । उनी चाहन्थे, नयाँ पुस्तालाई स्थानीय तहको बाँगडोरको जिम्मा लगाउन चाहन्थे र तर उनी सबैको आग्रह उनको उपस्थित र आवश्यकता सम्झिए ।

यसैले उनी लोघेकरको दोश्रो कार्यकालमा लागि एमाले पार्टीको तर्फबाट सूर्य चिन्ह लिएर अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका उम्मेदवार बिष्टले जिते पनि हारे पनि स्थानीय तहमा यो नै दोश्रो अन्तिम पटकको कार्यकाल हुँने जानकारी दिए ।

‘पहिलो आफ्नो क्षमता र विवेकले जेजती काम गर्न सके सके,विगतको अधुरो कामलाई सकौं भन्ने योजनामा छु ,जनता सर्वमान्य हुँन्,हारजीत जे भएपनि यो नै मेरो स्थानीय तहमा अन्तिम उम्मेदवारी हो,उनले भने ।’

तपाईको प्रतिक्रिया