मुस्ताङका च्यांग्रा पालकलाई पश्मिना तालिम

समाधान संवाददाता २०७९ वैशाख २२ गते १३:१२

जोमसोम—

हिमालपारिको जिल्ला मुस्ताङका च्यांग्रा पालक किसानलाई पश्मिना तालिम दिईएको छ ।यूरोपेली युनियन संघको आर्थिक सहयोग तथा अन्तराष्ट्रिय व्यापार केन्द्र ( आईटीसी)को कार्यक्रम तथा व्यवस्थापनमा प्रोजेक्ट ईयू नेपाल ब्यापार तथा लगानी प्रोग्राम (टीप) कार्यक्रम अन्तर्गत मुस्ताङका च्यांग्रा पालक किसानलाई घरदैलोमै पुगेर पश्मिना निकाल्ने सम्वन्धि तालिम दिईएको हो ।
मुस्ताङका च्यांग्रा पालक किसानलाई पश्मिना निकाल्ने संम्वन्धि ७ वटा सेसनमा ४ वटा पालिकामा तालिम दिईएको थियो ।लोमान्थाङको छोसेर र ठिङ्गर ,लोघेकर दामोदरकुण्डको सुर्खाङ र घमी ,वारागुङ मुक्तिक्षेत्रको छुसाङ र कागबेनी र घरपझोङ गाउँपालिकाको ठिनीमा स्थानीय च्यांग्रा पालक किसानलाई पश्मिना निकाल्ने तालिम संञ्चालन गरिएको हो ।तालिममा १५० जना च्यांग्रा पालक किसानको सहभागी रहेको थियो ।
आईटीसीको व्यवस्थापनमा भएको तालिमको पहिलो दिन उपल्लो मुस्ताङको लोमान्थाङमा ४ गाउँपालिकाका ४० जना च्यांग्रा पालक किसानलाई संयुक्त रुपमा दुई दिने पश्मिना कोर्ने र गणस्तर कायम गर्ने सम्वन्धि तालिम दिईएको थियो ।
तालिमको सहजीकरण विदेशी प्रशिक्षक सविर टोईगोनबेईरले गरेका थिए । सो तालिम सहभागी मध्येबाट १४ जना च्यांग्रा पालक किसानलाई प्रशिक्षकको रुपमा छनौट गरिएको छ । उनीहरुले संम्वन्धित पालिकामा भएको तालिममा विदेशी प्रशिक्षक सविर टोईगोनबेईरको रोहबरमा अन्य च्यांग्रा पालक किसानलाई तालिम दिएका थिए ।
लोमान्थाङ भएको पश्मिना निकाल्ने संयुक्त तालिममा च्यांग्रा पालक किसानलाई पश्मिना कोर्ने ,पश्मिनाको महत्व र गुणस्तर वृद्धि लगायतका बिषयमा तालिम दिइएको थियो । विदेशी प्रशिक्षक टोईगोनबेईरले छनौट गरेका १४ जना च्यांग्रा पालक किसानलाई स्थानीय स्तरमा पश्मिना संम्वन्धि प्रशिक्षण दिनसक्ने गरी प्रशिक्षकको रुपमा छनौट गरेका थिए । छानिएका स्थानीय प्रशिक्षकहरुले जिल्लाका च्यांग्रा पालक किसानलाई अन्य समयमा पनि पश्मिना संम्वन्धि तालिम दिन सक्ने गरी सक्षम तुल्याईएको हो ।

Advertisement

अन्तराष्ट्रिय ब्यापार केन्द्रले संञ्चालन गरेको तालिममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डे,पश्मिना एशोसियसन नेपालका अध्यक्ष बिजय दुगड लगायत सरोकारवाला ,मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषकसंघका अध्यक्ष करन ताङ्वेसहित संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।पश्मिना गुणस्तर तथा पश्मिना कोर्ने सम्वन्धि तालिममा सहभागी च्यांग्रा पालक किसानलाई सो अवसरमा नयाँ प्रविधिको १५० थान पश्मिना कोर्ने काईयो औजार समेत वितरण गरिएको थियो ।

यसअघि यहाँका च्यांग्रा पालकले गुणस्तरहिन पश्मिना कोर्ने काईयो प्रयोग गर्दैआईरहेको र पश्मिना कोर्ने तरिकाको ज्ञानसीप नहुँदा च्यांङ्ग्राको स्वास्थ्यमा असर पुग्ने गरेको र गणस्तरहिन पश्मिना निकाल्ने गरिएकोमा यसप्रकारको नयाँ प्रविधिको काईयोले यहाँका च्यांग्रा पालक किसान लाभान्वित जनाईएको छ ।
मुस्ताङमा भएको पश्मिना गुणस्तर तथा पश्मिना कोर्ने बिषेश तालिमपछि आईटीसीका अन्तराष्ट्रिय प्रोग्राम मेनेजर मेथेस नेपले आईटीसीले विगतदेखि गर्दै आईरहेको कार्यले प्रतिफल प्राप्त हुँदै गईरहेको बताए । उनले पश्मिनासंग सम्वन्धित सरोकारवालाहरुलाई समेटेर आईटीसी काम गर्दै आईरहेको जानकारी दिए ।मुस्ताङमा भएको तालिमबाट यहाँका च्यांग्रा पालक किसानलाई गुणस्तरीय पश्मिनामा थप उर्जा प्रदान गरेको बताए ।
यस्तै,मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघ मुस्ताङका अध्यक्ष करन ताङ्वेले तालिममा सिकेका कुराहरु च्यांग्रा पालक किसानको तहसम्म पु¥याउने प्रतिवद्धता जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया