पोखरा ३३ मा एमालेको घरदैलो

समाधान संवाददाता २०७९ वैशाख २२ गते १३:१४

पोखरा l
नेकपा एमाले पोखरा ३३ का उम्मेद्वार विकासका उपलब्धि र भावी योजना सुनाउँदै घरदैलोमा उनीहरुले बुधबार वडाका तल्लो पुडी, उपल्लो पुडी, ठूलो पाखा, छप्ल्यांग लगायतका स्थानमा घरदैलो गर्दै अघिल्लो कार्यकालमा पार्टी नेतृत्वले वडामा गरेका कामको जानकारी दिँदै अब आउने कार्यकालको योजना सुनाए ।

Advertisement

वडाध्यक्षका उमेद्वार शिवप्रसाद आचार्यले आफ्नो अर्जुनदृष्टि विकासमात्रै भएकाले समुन्नत र आत्मनिर्भर वडा बनाउने उल्लेख गरे । उनले करिब ५० लाखको लागतमा ठूलो पाखा खानेपानी योजना सम्पन्न भएको, ८ किलोमिटर लामो ठूलो पाखा–छप्ल्यांग–आपुकसेरी सडक र करिब ५ किलोमिटर लामो भञ्ज्याङ्–आपुकसेरी सडकको सडकको स्तरोन्नति भएर पिच गर्ने दिशातिर अघि बढेको उल्लेख गरे ।

उनले तल्लो पुडीमा एमाले नेतृत्वको प्रदेश सरकारले औधोगिक क्षेत्र स्थापना गर्ने गरी कामअघि बढेको तर पछिल्लो सरकारका कारण स्थगित भएको उनको दाबी छ । प्रस्तावित औधोगिक ग्राममा अव्यवस्थित रुपमा बसोबास गरेका भूमीहीनलाई उचित मुअब्जासहित व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता हुने उनको भनाइ छ ।

Advertisement

कार्यक्रममा महिला सदस्य पदका उम्मेदवार शान्ति पाध्या, दलित महिला सदस्य पदकी लीलादेवी नेपाली, खुला सदस्य पदका विनोद भण्डारी र शंकरबहादुर अधिकारी, एमाले जिल्ला कमिटी सदस्य किसान सुनार, एमाले ३३ का अध्यक्ष दीपकराज लामिछाने, साबिक भरत पोखरी गाविसका अध्यक्षद्वय यज्ञप्रसाद अधिकारी र गोपाल पुन, युवा संघ ३३ का अध्यक्ष केशव आचार्य लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया