योजना सुनाउँदै पोखरा १४ का एमाले उम्मेदवार
समाधान संवाददाता
२०७९ वैशाख २२ गते १४:१२
पोखरा l
नेकपा एमाले पोखरा १४ का उम्मेदवारले एक चरणको घरदैलो सकेका छन् । आगमी ५ वर्षको योजना मतदाताकहाँ पुगेको एमाले वडाध्यक्ष अध्यक्ष बटुकृष्ण (कृष्ण) कुँवरले बताए । बुधबार वडाका काजीपोखरी, मान्द्रेढुंगा, शैलुङ मार्ग, सगरमाथा टोल लगायतका ठाउँमा घरदैलो भएको छ ।
अध्यक्षका उम्मेदवार डेलबहादुर गुरुङले आफ्नो अर्जुनदृष्टि विकासमात्रै भएको बताए । यहाँ एमालेबाट खुला सदस्यमा मानबहादुर भुजेल र गोपालप्रसाद सापकोटा, दलित सदस्य सिर्जना सुनार, महिला सदस्य सरिता बास्तोला चुनावी मैदानमा छन् । एमाले उम्मेदवार, कार्यकर्ता, नेता साथै समर्थकले वडाका ८ वटै क्षेत्रमा घरदैलोमा सकेको निर्वाचन परिचालन कमिटी सहसंयोजक माओ थापाले जानकारी दिए । वडामा एमालेका उम्मेदवारलाई अझ सशक्त रुपमा अगाडि बढाइने प्रचारप्रसार विभागका संयोजक पृथ्वी कुँवरले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया