पोखरा १२ मा नेकपा एसका उम्मेदवारको समर्थन कांग्रेसलाई
समाधान संवाददाता
२०७९ वैशाख २२ गते १८:५३
पोखरा ।
नेकपा एकीकृत समाजवादीबाट पोखरा १२ को वडा सदस्यमा उम्मेदवारी दिएका डिलाराम लामिछाने र इन्दिरा पन्तले उम्मेदवारी फिर्ता लिएका छन् ।
वडाध्यक्षका कांग्रेस उम्मेदवार सन्तोष बास्तोलासहित उनको टिमलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको घोषणा गरेको नेकपा एस पोखरा १२ का अध्यक्ष डिलाराम लामिछानेले बताएका छन् । आफ्नो पार्टीबाट मेयरका उम्मेदवार धनराज आचार्य र कांग्रेसबाट उपमेयर उम्मेदवार कोपिला रानाभाट तथा वडामा गठबन्धनका साझेदारलाई समर्थन गर्ने गरी उम्मेदवारी निस्क्रिय रहेको उनीहरुको घोषणा हो ।
नेकपा एस कास्कीले वडामा सदस्य उठेका आफ्नो पार्टीका उम्मेदवारलाई निस्क्रियताका लागि निर्देशन गरेको थियो ।
पोखराभरका विभिन्न वडाका २४ जना उम्मेदवारले आआफ्ना वडामा गठबन्धनका उम्मेदवारलाई समर्थन रहने गरी निस्क्रिय रहने घोषणा गरेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया