अटेरीसँग अटोल्यान्ड व्यवसायी

पोखरा l
पटक पटक माग गर्दा पनि सुनुवाइ भएन । बढ्दो सहरीकरणले व्यवसाय सञ्चालनमा आएका समस्याले आजित गण्डकी अटो मेकानिकल वक्र्सले पोखरा महामनगर प्रमुख पदका उम्मेद्वार गनेस पौडेललाई कार्यालयमा बोलाएर समस्या सुनाएको छ ।
अन्य राजनीतिक दलसँग पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि पोखरा महानगर प्रमुख पदका प्रत्यासी पौडेललाई बोलाएर समस्या सुनाइएको हो । मेकानिकल वक्र्स समूहको समस्या सुनेपछि अटेरी समूहका परिकल्पनाकार तथा महानगर प्रमुख पदका प्रत्यासी पौडेलले चुनाव नजिते पनि यसका लागि पहल गर्ने प्रतीज्ञा गरे ।
हरेक सहरमा अटोल्यान्ड हुनुपर्ने बताउँदै उनले नेताहरुसँग तमसुक तयार पारेर हस्ताक्षर गराउनसमेत लगाएका छन् । ‘मैले चुनाव जितेँ भने त गर्ने नै भएँ । नजिते पनि यसको लागि पहल गर्ने छु,’ उनले भने । पौडेलले जिम्मेवारी बाहिर रहेर पनि अटेरी समूहले दबाब सिर्जना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । मेकानिकल वक्र्सले पौडेललाई जितको शुभकामना दिएको छ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया