पोखरा ९ मा मत माग्दै माओवादी

पोखरा l
नेकपा (माओवादी केन्द्र) पोखरा ९ ले स्थानीय तह निर्वाचनका लागि वडामा निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएको छ । माओवादी केन्द्रका उम्मेदवारले पोखराको मुख्य क्षेत्र महेन्द्रपुल, पृथ्वीचोक, नयाँबजार, चिप्लुेढुंगा लगायतका क्षेत्रमा घरदैलो गर्दै मत मागेका छन् ।
माओवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका बमबहादुर कार्कीले व्यावसायिक रुपमा पछि परेको पृथ्वीचोकदेखि नयाँबजार हुँदै महेन्द्रपुलसम्मको क्षेत्रलाई सन्ध्याकालीन मार्केटका रुपमा विकास गर्ने आफ्नो योजना सुनाए । बजारलाई व्यवस्थित गरी राति अबेरसम्म सञ्चालन गर्ने र किनमेलको थलोका रुपमा विकास गर्ने उनी बताउँछन् ।
पोखरा ९ मा स्थानीय सत्ता सञ्चालन गर्ने व्यक्ति फेरिए पनि सत्ताको मुल चरित्र परिर्वत नभएकाले यस पटक जनताको साथ पाउनेमा विश्वस्त रहेको माओवादीले जनाएको छ । उम्मेदवार कार्कीले रामघाट जाने सडक नजिकको सेतीगंगा टोललाई ऐतिहासिक र पर्यटकीयस्थलका रुपमा विकास गर्ने, महेन्द्रपुलमा रहेको सार्वजनिक जग्गामा पार्क बनाउने, सेती नदीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आवश्यक पूर्वाधार बनाउने आफ्नो योजना रहेको सुनाए ।
यहाँ महिला सदस्य मीनाकुमारी गुरुङ, दलित महिला सुनिता दर्जी र खुला सदस्यमा आसबहादुर विक र रामबहादुर बयलकोटी चुनावी मैदानमा छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया