रवीन्द्र अधिकारीको सम्झना

पोखरा l
नेकपा एमालेका नेता पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ५३ औँ जन्मजयन्तीको अवसरमा पोखरामा बिहीबार श्रद्धाञ्जली सभा भएको छ । पोखरा १८ मा रहेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको हो ।
एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले रवीन्द्रलाई कुशल संगठक तथा विकासका अभियन्ताका रुपमा स्मरण गरे । उनले जस्तोसुकै कठिनाइमा पनि नहतारिई उत्कृष्ट निर्णय लिन सक्ने र विचारको सही प्रवाह गर्न सक्ने नेताको रुपमा उनले रवीन्द्रलाई चित्रण गरे ।
एमाले पोलिट्ब्युरो सदस्य जगत विकले सहकर्मीको रुपमा मात्रै नभएर एक कुशल नेताको रुपमा रवीन्द्र स्थापित भएको बताए । रवीन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य विद्या भट्टराईले रवीन्द्रको नाममा अक्षय कोष स्थापनाको काम सुरु भएको जानकारी दिइन् । त्यसबाट प्राप्त रकमबाट बर्सेनि विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उल्लेख गरिन् ।
उनले ‘संसदमा रवीन्द्र’ नामक पुस्तक प्रकाशन गर्ने लक्ष्य राखिए पनि स्थानीय तहको निर्वाचनका कारण केही समय धकेलिएको सुनाइन् । कार्यक्रममा एमाले नेता दामोदर बैरागी, प्रतिष्ठानका सचिव पुष्पज्योति ढुंगाना, प्राडा भरतराज पहारी, एमालेबाट पोखराको मेयर उम्मेदवार कृष्ण थापा लगायतले रवीन्द्रले राजनीति, विकास र समाजमा गरेको योगदानको चर्चा गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया