महेन्द्र मावि अध्यक्षमा बैकुण्ठ

समाधान संवाददाता २०७९ वैशाख २३ गते १२:४८

पोखरा ।
पोखरा १९ घार्मीमा रहेको महेन्द्र माघ्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा बैकुण्ठ पौडेल चयन भएका छन् ।
अभिभावक भेला र वडाको सिफारिसपछि बसेको बैठकले अध्यक्षमा पौडेलसहित सदस्यमा पवित्रा पौडेल, दुर्गादेवी पौडेल, रामचन्द्र सुनार, मोहन सुनार, रमेश सुनार, रत्ना सुनार, वडाध्यक्ष शोभामोहन पौडेल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक वासुदेव पौडेललाई चयन गरेको छ ।

Advertisement

नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा केन्द्रीत हुने प्रतिबद्धता गरे । पौडेलले लामो समय कास्कीका विभिन्न विद्यालयमा प्रधानाध्यापक भई सेवा गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया