माओवादी (समाजवादी)का प्रदेश संयोजकले पार्टी छाडे

समाधान संवाददाता २०७९ वैशाख २३ गते १७:१७

पोखरा l
कर्णजित पुन नेतृत्वको नेकपा माओवादी (समाजवादी)का गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला अध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीबाट कम्युनिस्ट क्रान्ति सम्भव नभएको भन्दै केन्द्रीय सदस्यसमेत रहेका प्रदेश संयोजक बाबुराम मिजार र जिल्ला अध्यक्ष मंगली विकले पार्टी परित्याग गरेका हुन् । लगत्तै उनीहरु राम कार्कीको नेतृत्वमा रहेको नेकपा समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा समाजवादीका नेता कृष्णप्रसाद जैशीले पार्टी प्रवेश गराए ।

Advertisement

नेकपा समाजवादी अहिले चुनावमा होमिएको छ । पोखरा महानगरपालिकामा पार्टीको तर्फबाट मेयरमा गोविन्दप्रसाद शर्मा र उपमेयमार शितला थापा उम्मेदवार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया