हलोसहित राप्रपा उम्मेदवार लालचन जनताको घरदैलोमा

समाधान संवाददाता २०७९ वैशाख २४ गते ११:१२
हलोसहित राप्रपा उम्मेदवार कमला लालचन जनताको घरदैलोमा

जोमसोम—

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा राजनितिक पार्टीको घरदैलो अभियान अन्तिम चरणमा पुग्दैछ ।यहाँ राष्ट्रिय मान्यता प्राप्त ६ दल मध्ये नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

मुस्ताङको ५ स्थानीय तहको सबै स्थानमा कांग्रेस र एमालेले उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाउँदा राप्रपाले भने एक महिला उपाध्यक्ष,दुई वडाध्यक्ष र २ वडासदस्य उठाउँदा राप्रपाको तर्फबाट २ वडा सदस्य निर्विरोध भएका छन् । थासाङ—२ र घरपझोङ—४ मा राप्रपाले वडाध्यक्ष पदमा उम्मेदवारी दिदाँ घरपझोङ गाउँपालिकाको उपाध्यक्षमा राप्रपाले घरपझोङ—२ मार्फाकी कमला लालचन अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।संघीयतापछि राप्रपाले पहिलो पटक घरपझोङमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।
राप्रपाको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी कमला लालचन अधिकारी यतिबेला घरपझोङको —५ वटै वडाहरुमा पुगेर जनता समक्ष भोटको अपिल गरिरहेकी छिन् ।उपाध्यक्ष पदकी उम्मेदवार लालचनले राप्रपाको चुनाव चिन्ह हलो बोकेर जनताको घरदैलो पुगेकी छिन् ।

Advertisement

उनले हलो चिन्हलेनै जनता र देशको भलो गर्ने भएकाले हलो चिन्हमा मतदाता संग अनुरोध गरेकी छिन् ।उनले राप्रपालेनै देशको समृद्ध र आर्थिक विकासका लागि उपयुक्त निकास दिनसक्ने भएकाले राप्रपा पार्टीको उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेकी छिन् ।

गत बैशाख २० गते देखि घरदैलो अभियानमा व्यस्त रहेकी उपाध्यक्ष पदकी उम्मेदवार लालचनको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । उनले आफ्नो उम्मेदवारी कसैलाई जिताउँन र कसैलाई हराउँन नभई जितेर पालिकाबासीको सेवा गर्न उम्मेदवारी दिएको घरपझोङका जनता समक्ष उल्लेख गरेकी छिन् ।

Advertisement

ब्याचलरसम्मको अध्ययन पूरा गरेकी राप्रपाकी उम्मेदवारी लालचन जोमसोम अस्पताल विकास समितिको अध्यक्ष थिईन् भने उनी भोङमोर साना किसान सहकारी संस्थाको अध्यक्ष समेत थिईन् ।उनले स्थानीय तह निर्वाचन अन्तर्गत घरपझोङको विकासका लागि न्यूनतम ७ बुँदै प्रतिवद्धता पत्र उल्लेख गरी जनताको घरदैलोमा पुगेकी छिन् ।
राप्रपा उपाध्यक्ष पदकी उम्मेदवार लालचनको प्रतिवद्धता :
१ ) प्रत्येक वडामा शिसु स्याहार केन्द्र स्थापना गर्ने ।
२ ) सुत्केरी महिलालाई ५ हजार पोषण भत्ता उपल्ध गराउने ।
३ ) घरपझोङ गापामा रहेका ७० बर्ष माथिका जेष्ठ नागरिकहरूको जोखिम खालका रोगहरूको निशुल्क उपचार गर्ने ब्यवस्था मिलाउने ।
४ ) साना किसानहरूाई ७०% अनुदानमा मल , बिउ बिजन , कृषि सामाग्री र आधुनिक कृषि यान्त्रिक औजार उपलब्ध गराउने ।
५ ) घरेलु तथा साना उद्दयोग र पर्यटन ब्यवसायलाई ब्यवस्थित गरी समुदायमा रोजगारीको सृजना गराउने ।
६ ) जनसमुदायको मौलिक हक अनुसार आधारभुत आवश्यकतामा पर्ने शिक्षा र स्वास्थ्याई गुणस्तरीय र सर्बसुलभ बनाउने ।
७ ) परम्परागत मौलिक शिप , कला , संस्कृति , परम्परा , भाषाशैली , भेषभुशा , धर्म , रीतिरिवाजको संरक्षण , संवर्द्वन र बिकास गर्ने गराउने ।

तपाईको प्रतिक्रिया