चुनावका दिन पर्यटकलाई यातायात सेवा

काठमाडौं ।
स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा नेपाल आएका पर्यटकले यातायात सेवा पाउने भएका छन् । यसका लागि नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने भएका छन् ।
चुनावका दिन सार्वजनिक तथा निजी यातायातका साधन चल्न भने रोक लगाइँदैछ । अत्यावश्यक सेवा, प्रहरी, प्रशासन, निर्वाचन, सञ्चारकर्मीका साधन भने चल्न पाउने छन् । सञ्चारकर्मीले पास लिन अनिवार्य हुने भएको छ । चुनावका दिन आन्तरिक उडानका जहाज भने बन्द हुने छन् ।
निर्वाचन आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन ।
नेपाल आउने पर्यटक रहेको कम्पनीले आफ्ना पाहुनाको सेवाका लागि विमानस्थलबाट होटेलसम्म र नेपालबाट विदेश र्फकन लागेका पाहुनालाई होटेलबाट विमानस्थलसम्म लैजान यातायात सेवा लिन पाइने छ । सोही अनुसार पास वितरण हुने भएको हो ।
यसबाहेक त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रयोजनमा भन्सार विभागको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट पास जारी हुने छ । विमानस्थल अध्यागमन कार्यालयको प्रयोजनका लागि अध्यागमन विभागको सिफारिसमा पास लिन सकिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा उडानसँग सम्बन्धित कार्यालयहरुले पास लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
यो दिन अन्तर्राष्ट्रिय उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन विमानस्थलसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजिकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने भएका छन् ।
निर्वाचन आयोगले पास विनाका सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ ।
आयोगले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ । शारीरिक अपांगता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ । अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ ।
मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनका लागि अनुमति लिनु नपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका ३ दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया