२७ गते बेलुका देखि मौन अवधि

जोमसोम—
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचलाई निश्पक्ष,सोतन्त्र,भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले निर्वाचन आचार संहिता अन्तर्गत बैशाख २७ गते राती १२ बजेबाट मौन अवधिको समय तोकेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा मुख्य निर्वाचन अधिकृतको कार्यालय ,जिल्ला निर्वाचन कार्यालय,सुरक्षा निकाय,जिल्ला स्थित राजनितिक दलका पार्टी प्रतिनिधि,नागरिक समाज,उद्योग वाणिज्य संघ र होटल व्यवसायी सम्मिलित सर्वदलीय तथा सर्वपक्षिय बैठकले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मौन अवधि २७ गते राती १२ बजे देखि लागु गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचन ७९ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकले ५ बुँदै निर्णय गरेको छ । बैठकले बैशाख २७ गते रातीदेखि निर्वाचन मौन अवधि सुरु हुने र मौन अवधिलाई सबै राजनितिक दल र सरोकारवालाहरुले अनिवार्य पालन गर्र्नुपर्ने सहमती गरिएको छ । निर्वाचन मौन अवधिको समयमा मदिरा बेचबिखन,ओसार पोसार र सेवन गर्न नपाईने, मौन अवधिभर अस्वभाविक हिडाई र समुहगत रुपमा हिडडुल गर्न निषेध गरिने र निर्वाचन परिणाम घोषणा भईसकेपछि गरिने बिजय ¥याली र जुलुस व्यवस्थित गर्नुपर्ने र बिजय ¥याली निकाल्दा निर्वाचन कार्यालय र स्थानीय प्रहरी र प्रशासनलाई जानकारी दिएर रुढ र समय नजुध्ने गरी गर्नुपर्ने र बेलुकीको समयमा बिजय ¥याली गर्न नपाईने निर्णय गरिएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मौन अवधिको उलंघन गर्नेकार्यलाई नियमन गर्ने र मौन अवधि उलंघन गरेको पाईएमा निर्वाचन आचार संहिता ऐन बमोजिम कारवाही गर्ने बताए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया