मुस्ताङः अध्यक्ष पदमा महिलातर्फ शेरचनको एकल उम्मेदवारी

समाधान संवाददाता २०७९ वैशाख २४ गते १९:०६

जोमसोम—

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महिला सहभागी न्यून हुँदै गर्दा हिमाली जिल्ला मुस्ताङमा एक मात्र महिलाले अध्यक्ष पदका लागि निर्वाचन प्रतिस्पर्धा गर्ने भएकी छिन् ।यसअघि मुस्ताङको थासाङ गाउँपालिकाको उपाध्यक्ष समेत भईसकेकी थासाङ—२ लार्जुङ निर्वासी बालकुमारी शेरचन पूनः नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका लागि निर्वाचनको मैदानमा होमिएकी छिन् ।
स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङमा अध्यक्ष पदका लागि कुनै पनि महिलाले मौका पाउँन सकेका थिएनन् । यसपटक ५ स्थानीय तह मध्ये ३ स्थानीय तहमा अध्यक्ष पदमा पुरुष उम्मेदवारले मौका पाउँदा महिला तर्फ उनले मात्र अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । नेकपा एमालेले जिल्लाको ५ वटै स्थानीय तहमा पुरुष उम्मेदवार उठाएको छ ।

गठबन्धनबाट एकिकृत समाजवादीले पनि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा पुरुष उम्मेदवारलाई मौका दिएको छ ।यस्तै ,नेकपा एमालले ५ वटै स्थानीय तहमा महिला उम्मेदवार उठाउँदा कांग्रेसले भने थासाङमा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार उठाएको हो ।एमाले ५ स्थानीय तहमा ५ अध्यक्ष पुरुष र ५ उपाध्यक्ष महिला उठाउँदा कांग्रेसले ३ अध्यक्ष पुरुष र १ महिला अध्यक्ष उठाउँदा उपाध्यक्ष पदमा एक मात्र पुरुष उम्मेदवार छन् ।
४९ वर्षकी अध्यक्ष पदकी उम्मेदवार बालकुमारी शेरचन बुटवल रामपुरमा जन्मिएकी हुन् ।पूर्व शिक्षिका समेत रहेकी शेरचन म्याग्दीको मनपान्ते प्राविमा २ वर्ष शिक्षण पेशमा बिताईन् ।त्यसपछि उनको बिवाह मुस्ताङको लार्जुमा भयो ।कर्मथलो मुस्ताङ आईसकेपछि उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भईन् । २०५० सालमा नेपाली कांग्रेस पार्टीका सदस्यता प्राप्त गरेकी उनी त्यसपछि राजनितिमा सक्रिय भएर लागि परिन् ।
संघीयताको पहिलो स्थानीय तह निर्वाचनमा ७२४ मत प्राप्त गरी नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा विजयी भईन् ।स्थानीय तहको निर्वाचनमा कांग्रेसका बुद्धिप्रसाद शेरचनले ७२८ मत प्राप्त गरेका थिए । अध्यक्ष पदकी उम्मेदवार शेरचनले पहिलो स्थानीय तह निर्वाचनमा सोतन्त्र उम्मेदवार कारिशा विकलाई ८२ मतान्तरले जितेकी थिईन् ।त्यसबेला एमालेकी उम्मेदवार देउमाया गर्वुजाले उम्मेदवारी फिर्ता लिएकी थिईन् ।
अध्यक्ष पदकी उम्मेवार शेरचनले आफुलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको बताईन् ।स्थानीय तहको पहिलो कार्यकालमा थासाङमा धेरै कामहरु अधुरो र पूरा गर्न बाँकी रहेकाले ति समस्या समाधान गर्न अध्यक्ष पदका लागि आफुले उम्मेदवारी दिएको खुलाईन् ।

Advertisement

थासाङमा कृषि,पर्यटन र पूर्वाधारको प्रचूर संम्भावना रहेको र यहाँको कृषि ,पशुपालन र पर्यटनलाई अघि बढाउने प्रतिवद्धता जनाएकी छिन् ।उनले स्थानीय स्तरमा यूवा स्वरोजगारको मार्ग खोल्न ,कृषि र पशुपालनलाई बैज्ञानिक ढंगले हल गर्न योगदान दिने बताईन् ।

जलवायु प्रकोपको पीडाँ थासाङले भोग्दै आईरहनु परेको र यहाँको कृषि र पशुपालन व्यवसाय संरक्षणका लागि ठोस नीति अवलम्वन गर्नुपर्ने उल्लेख गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया