स्थानीय तह निर्वाचन २०७९
आज गठबन्धनको सभा

पोखरा ।
पोखरामा आइतबार पाँचदलीय गठबन्धनले चुनावी आमसभा गर्दै छ । पाँचदलीय गठबन्धनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी पोखराको अमरसिंहचौरमा आमसभा गर्ने आयोजना गर्ने जानकारी दिएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ ।
आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
सभाअघि पोखराका विभिन्न स्थानबाट र्याली निकालिने गठबन्धनले जनाएको छ । विभिन्न स्थानबाट निस्किने र्यालीमा गठबन्धन दलका कास्कीका शीर्ष नेताले नेतृत्व सम्हाल्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए ।
सभामा शीर्ष नेताहरुले गठबन्धनको औचित्यबारे प्रष्ट्याउने कांग्रेस कास्कीका सभापति बरालले बताए । उनले पोखराका ४६ प्रतिशत वडामा गठबन्धन सफल भएको दाबी गर्दै केही वडामा मित्रवत प्रतिश्पर्धा भएको उल्लेख गरे ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया